arrow

बलिउडका ५ जोडी जसले श्रीमतीसँग छुटिएर पनि मित्रता राखे

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
aamirs.jpg

काठमाडौं । धेरैजसो पति पत्नीमा सम्बन्धविच्छेदपछि पनि कुनै सम्बन्ध देखिँदैन । अझै धेरैले त कुराकानी पनि बन्द गर्छन् । तर, बलिउडका केही जोडीले भने यसलाई गलत साबित गरेका छन् । उनीहरुको बीचमा सम्बन्धविच्छेद भइसकेको छ । तर, उनीहरु एकअर्काको सुखदःखमा साथ देखिने गरेका छन् । यहाँ त्यस्ता पाँच जोडीको चर्चा गरिएको छ–

१. सुजैन खान र ऋतिक रोशन
सुजैन खान र ऋतिक रोशनको सम्बन्ध सधैं चर्चामा रहँदै आएको छ । उनीहरु १४ वर्षसम्म सँगै रहेका थिए । सन् २००० मा विवाह गरेका उनीहरुले पछि सम्बन्धविच्छेद गरेका थिए । तर, अहिले पनि यो जोडी आफ्ना बच्चाहरुको साथमा कहिले होलिडे, पार्टी, मूभी डेट र लन्च डिनरमा सामेल हुने गरेका छन् ।

२. पूजा भट्ट र मनीष मखीजा
पूजा भट्ट र मनीष मखीजाले सन् २००३ मा विवाह गरेका थिए । उनीहरुले ११ वर्षपछि २०१४ मा सम्बन्धविच्छेद गरेका थिए । तर, त्यसयता पनि उनीहरुको सम्बन्ध असल मित्रको रुपमा देखिने गरेको छ । पूजा मनीषको राम्रो तथा नराम्रो दुवै समयमा मनीषको साथमा देखिने गरेकी छिन् ।

३. मलाइका अरोडा र अरबाज खान
सन् २०१७ मा मलाइका अरोडा र अरबाज खानले सम्बन्धविच्छेद गरेका थिए । उनीहरुको विवाह सन् १९९८ मा भएको थियो । मलाइका र अरबाजका एक छोरा पनि छन् । उनको नाम अरहान हो । अरबाज–मलाइकाले १८ वर्ष एकसाथ बिताएका थिए । अहिले पनि उनीहरुको बीचमा साथीको सम्बन्ध कायम छ ।

४. अनुराग काश्यप र कल्कि कोचलिन
निर्देशक अनुराग काश्यप र कल्कि कोचलिनले सन् २०११ मा विवाह गरेका थिए । यो जोडी ५ वर्षसम्म एकसाथ रहेको थियो । सन् २०१५ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । तर, अहिले पनि उनीहरुको बीचमा मित्रताको सम्बन्ध छ ।

५. आमिर खान र रीना दत्त
आमिर खानले रीना दत्तसँग सन् १९८६ मा विवाह गरेका थिए । यी दुवैले आफ्नो परिवारसँग ढाँटेर विवाह गरेका थिए । उनीहरुको दुई बच्चा पनि छन् । १६ वर्ष सँगै रहेका उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । तर, अहिले पनि उनीहरु असल मित्रको रुपमा देखिने गरेका छन् । त्यसका साथै आमिरकी दोस्री श्रीमती किरण राव पनि रीनाकी असल साथी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ