arrow

बुद्धिचालको केन्द्रमा निर्वाचित बिदुर र दिपेनलाई इलाममा सम्मान

logo
इलाम
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Chess.jpg.jpeg

नेपाल बुद्धिचाल संघमा निर्वाचित इलामका बिदुर गौतम र दिपेन राईलाई सम्मान गरिएको छ । भर्खरै सम्पन पाचौ केन्द्रीय सम्मेलनबाट गौतम् बरिष्ठ उपाध्यक्षमा र राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकाम इलाममा उनीहरु दुबैलाई बुद्धिचाल संघ, इलामले एक कार्यक्रम गरी सम्मान तथा शुभकामना दिएको हो ।  

कार्यक्रम संघका जिल्ला अध्यक्ष यामप्रसाद लिम्बु, जिल्ला खेलकुद विकास समिति इलाम अध्यक्ष जितवहादुर राई, इलाम उसु संघ अध्यक्ष भिम पौडेल, बुद्धिचाल संघका इलाम सल्लाहकार सुरेन्द्र कुमार राई लगायतले शुभकामना दिदै जिल्लाको बुद्धिचाल खेलको बिकासमा टेवा पुग्ने बिश्वास लिएका थिए । कार्यक्रममा उपस्थित दिपेन राईले  खेलकुदलाई विकास गर्नका लागि संम्पुर्ण संघ एक ढिक्का भएर व्यक्तिगत स्वार्थ त्यागी निस्वार्थ लाग्नु पर्ने बताए । बरिष्ठ उपाध्यक्षमा निर्वाचित बिदुर गौतम भने काठमाडौमा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ