arrow

मोदीको तेस्रो अर्थतन्त्र बनाउने योजनालाई धक्का, सातौं स्थानमा खस्कियो भारत

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
narendra-modi1.jpg

काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा भारत विश्वको सातौं अर्थतन्त्र बन्न पुगेको छ । आर्थिक वर्ष सन् २०१८ को लागि विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भारत बेलायत र फ्रान्सभन्दा पछि रहँदै सातौं स्थानमा झरेको हो । गत वर्ष भारत पाँचौं स्थानमा थियो ।

जीडीपीको मामिलामा अमेरिकी अर्थव्यवस्था सबैभन्दा पहिलो स्थानमा कायम छ । गत वर्ष अमेरिकाको जीडीपी २ सय ५ खर्ब डलर पुगेको हो । त्यस्तो दोस्रो स्थानमा रहेको चीनको जीडीपी १ सय ३६ खर्ब डलर छ । ५० खर्ब डलरका साथ जापान तेस्रो स्थानमा छ ।

बेलायत र फ्रान्स २८ खर्ब डलरको अर्थतन्त्रको साथमा पाँचौं र छैठौं स्थानमा छ । जबकी भारतको जीडीपी २७ खर्ब डलर पुगेको छ । अर्थविद्का अनुसार आर्थिक वर्ष २०१८ मा भारतीय अर्थतन्त्र सातौं स्थानमा आउनुको मुख्य कारण भारुमा देखिएको उतारचढाव र सुस्त वृद्धि हो ।

भारतीय रेटिंग्स एण्ड रिसर्चका प्रमुख अर्थविद् देवेन्द्र पन्तले २०१७ मा भारु डलरको तुलनामा बलियो रहेको भए पनि २०१८ मा कमजोर रहनु जीडीपीको हिसाबमा पछि पर्नुको एक कारण रहेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ सम्म ५० खर्ब डलरको विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनाउने उद्घोष गरेको केही समयमा यो तथ्याङ्क सार्वजनीक भएको हो । सन् २०१७ मा भारत बेलायत र फ्रान्सलाई पछि पार्दै पाँचौ अर्थतन्त्र बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ