arrow

नचिकेताले यमराजसँग भौतिक बस्तु नमागेर किन मागे आत्मज्ञान ?

सर्वे भवन्तु सुखिन : भाग ४

logo
अध्यात्म १२,
प्रकाशित २०७६ साउन १७ शुक्रबार
yamaraj_(2).jpg

काठमाडौं । उपनिषदमा एक दृष्टान्त छ नचिकेता यमराज भएको ठाँउमा जान्छन् ।  जानुको कारण उनलाई उनका बुवाले दान गरिदिएका थिए यमराजलाई । जब दान गरियो तव उनि यमराज भएको ठाँउ जान्छन् र तीन दिनसम्म उनको द्वारमा बसेर उनलाई पर्खिन्छन।

तीन दिनपछि यमराज आउछन् र भन्छन्, 'छोरा मानिसहरु त मसँग भयभित हुन्छन् कोहि पनि मसँग आउदैनन् तर म भएको ठाँउमा आएर तीन दिनसम्म भोक तिर्खा सहेर तिमिले मलाई पर्खयौं। यसबाट म बढो प्रसन्न भए। तिमि मसँग तीन वर माग, तिमिले जे माग्छौ त्यो दिनेछु ।'

तब वरमा नचिकेताले भने,'महाराज मलाई आत्माको ज्ञान 'आत्मज्ञान' दिनुहोस ।'
तब यमराज भन्छन्,' नचिकेता तिमि छोरा माग, श्रीमती माग, संसारका सारा सम्पदा माग जे सुकै माग म दिन्छु तर आत्मज्ञानको चर्चा नगर यस वाहेक तिमि अन्य जे सुकै माग ।'

भन्नुको मतलब सबै प्रकारको भौतिक सम्पदाको उपलब्धिहरु जो मानव हासिल गर्न सक्छ, मानव धन कमाएर बिल गेट्स पनि बन्न सक्छ। शहंशाह पनि बन्न सक्छ यी सबै उपलब्धिहरु नचिकेताले पाइरहेका थिए । सबै प्रकारको यी क्षणिक संसारीक सुख उनलाई मिलिरहेको थियो तर यी सबै बस्तुलाई ठुकराएर उनि भन्छन्,' होइन महाराज मलाई केवल आत्माज्ञान चाहिन्छ। जे सुकै चीज तपाई मलाई दिइरहनुभएको छ, वैभवको रुपमा धनको रुपमा सम्पत्तिको रुपमा यी सबै त यहि छुट्नेछ, यी सबै नश्वर हुन् । मलाई त्यो धन चाहिन्छ जुन अविनाशी छ जुन मसँगै जानेछ, जुन कुनै पनि कालमा नाश हुनेछैन । अत कृपा गरेर मलाई त्यो आत्मज्ञान दिनुहोस जसबाट मेरो उद्दार होस ।'

त्यस समय उनको हठ देखेर यमराजले निकै प्रसन्न हुदै आत्माज्ञान प्रदान गरे ।   

नचिकेताले यमराजसँग आत्माज्ञान मागे उनले अरु कहि मागेनन् तर आज हामी सन्तसँग के माग्छौ महाराज मलाई छोरा दिनुहोस। छोरा मिल्यो तर जब उसले बुवालाई फुटबल जसरी हैरान तर्न थाल्छ तब भन्छौ,'महाराज यसले मेरो दुर्गति गर्‍यो अब यसो गर्नुस मेरो छोरा घरबाट बाहिर जाओस ।'
 
यस प्रकार एक महात्माजीको आश्रममा एक मुसा बस्थ्यो । खाएर पिएर मस्तसँग बस्थ्यो । एक दिन महात्माले भने,'मुसा तिम्रो खेलकुद देखेर म निकै प्रसन्न भए माग तिमि के चाहन्छौं ।'
 
उसले भने, 'महाराज तपाईको आश्रममा आउनु भन्दा पहिले बिरालोले दुख दिन्थ्यो मलाई बिरालो बनाइ दिनुहोस।' मुसा बिरालो बनेर घुम्न थाल्यो त उसको पछि कुकुर लाग्यो । उसले महात्मालाई फेरी भने,' महात्माजी एक कष्ट पुन गर्नुहोस मलाई कुकुर बनाइ दिनुहोस ।' कुकुर बन्यो तब केहि बाघ उसको पछि लागे। उसले महात्मालाई फेरी भने,'महराज मलाई बाघ बनाइ दिनुहोस ।'

बाघको पछि सिंह लाग्यो अब प्रार्थना गर्छन् की मलाई सिंह बनाइ दिनुहोस । सिंहको पछि सिकारी लागे तब उनले भने,'महाराज यस्तो गर्नुहोस मलाई सिंहको ठाँउमा सिकारी बनाइ दिनुहोस ।'

यसप्रकार हर कोहिको इच्छाहरु बढ्दै जान्छन्। यीनिहरुको अन्त छैन र यसकारण हामीलाई सन्तबाट भौतिक चीज नमागेर त्यो चीज माग्न आवश्यक छ जसले हामीलाई पूर्ण सन्तोष प्रदान गर्नेछ ।

एक महात्मा सेठ भएको ठाँउमा गए । उनले भने,'मसँग हिड म तिमिलाई भगवानको भजन बताउछु जसबाट तिमिले मुक्ति प्राप्त गर्नेछौ ।'

सेठले भने,'मेर सा साना बच्चाहरु छन् । यदि म तपाईसँग गए भने उसको हेरचाह कस्ले गर्नेछ मलाई केहि समय दिनुहोस, तपाई केहि समयपछि आउनुभए म अवश्य जानेछु । मलाई भगवानकहाँ जान्ने इच्छा छ ।'

केहि समयपछि महात्माजी आए तब देखे सेठको देहान्त भएछ उनले दिव्यदृष्टिबाट देखे कि सेठ त्यसै घरमा भैसी बनेर कोल ( तोरी पिल्ने ) मा जोतिएका थिए। महात्मा भैसी भएको ठाँउमा पुगेर भने, 'हिड तिमिलाई भगवानको नाम बताउछु । तिम्रो कल्याण हुनेछ  यस योनीबाट तिमिले मुक्ति पाउनेछौ ।'  भैसीले भने,'महात्माजी क्षमा गर्नुहोस  केहि समयपछि आउनुहोला किनभने अहिले त म कोल चलाइ रहेको छु । यदि मैले तेल पेलिन भने मेरा सन्तानले के खान्छन् ।'  महात्मा जी गए ।

फेरी आए तब भैसी पनि मरिसकेको देखे। दिव्यदृष्टिबाट हेरे तब सेठ कुकुर बनेको देखे । भने सेठ, 'अब त कुकुर बन्यौ हिड मसँग ।' कुकुरले भने,' महाराज मेरो छोरा निकै धनवान भयो तर केहि लापरवाह छ यदि मैले घरको सुरक्षा गरिन भने चोर सारा धन चोरेर लिएर जानेछ यसकारण अहिले क्षमा गर्नुहोस केहि समय पछि आउनु होला । केहि समयपछि महात्मा आए तब सेठ कुकुरको योनीबाट भ्यागुतोको योनी प्राप्त गरेका थिए । उनले भने,'सेठ अब त तिमि भ्यागुतो बन्यौ हिलो गारोमा बस्छौ अब त मसँग हिड ।'

तव त्यो भ्यागुतोले भने,'महाराज क्षमा गर्नुहोस म तपाईसँग जान सक्दिन ।' महात्माले सोधे,' भाइ कारण के हो ? उनले भने महराज मेरो नाती नातिनि भए उनिहरुलाई खेल्दै गरेको देखेर मलाई बढो आनन्द महसुस हुन्छ म यस कीचडलाई बिर्सन्छु। यसकारण मलाई क्षमा गर्नु होस म तपाईसँग जान सक्दिन।'

आज मानवको स्थिति यहि छ उसलाई बचाउनको लाग मुक्ति प्रदान गर्नको लागि सन्तहरु आउछन् तर मानव साना साना कामनाहरुमा फसेर आफू भित्र स्थित  त्यस महान आनन्दलाई बिर्सन्छन् ।

यो पनि पढ्नुहोस ।

सबै कुरा प्राप्त गरेर पनि मानव किन अशान्त र दु:खी

सर्वे भवन्तु सुखिन: भाग १

भौतिक सुविधाले नदिने सुख कहाँ छ ?

सर्वे भवन्तु सुखिन: भाग २

माया नै हो स्थायी शान्तिको वाधक, बुद्धले किन दरबार छोडे बुझौं

सर्वे भवन्तु सुखिन : भाग ३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ