arrow

भुकम्प पीडितद्धारा १७ बुँदे माग प्रस्तुत

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1903140349.jpeg
काठमाडौ । भुकम्प पीडित राष्ट्रिय मञ्चले भुकम्प पीडितहरुको समस्याबाट राज्यको ध्यान बाहिर जान थालेको गुनासो सहित १७ बुँदे माग अघि सारेको छ । मञ्चले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका संयोजक हस्त पण्डितले ती मागहरु सार्वजनिक गरेका हुन । 

मञ्चले तत्काल पुनःनिर्माण प्राधिकरण गठन गर्नु पर्ने, आर्थिक अवस्था हेरी २ बाट पाँच लाख सहयोग गर्नु पर्ने, २ प्रतिसतमा दिईने ऋण २५ लाख कायम गरी २० वर्षे कायम गर्नु पर्ने, पीडितको सहभागितामा पुनःनिर्माण नीति बनाउनु पर्ने, सरकारी रोजगारीमा १० वर्षसम्म प्राथमिकता दिनु पर्ने, २० घरको एक एकीकृत बस्ति बनाउनु पर्ने,  सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनु पर्नेलगायतका रहेका छन । 

पत्रकार सम्मेलनमा मञ्चका संयोजक हस्त पण्डितले चिसो समय आए पनि अझै पुनःनिर्माणको काम अघि बढ्न नसक्दा भुकम्प पीडित जस्ता र त्रिपालमा  बस्न बाध्य भएको भन्दै तत्काल काम नगरी ठूलो मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिए । 

उनले भुकम्प पीडितको नाममा आईरहेका कतिपय सहयोग बास्तविक पीडित समक्ष पुग्न नसकेको प्रति सचेत गराउँदै भवन नहुँदा सरकारको प्रतिनिधित्व हुन नसक्दा समेत भुकम्प पीडितहरु समस्यामा भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ