arrow

नेपाल भारत जोड्ने झोलुङ्गे पुल संचालनमा, जोखिमपूर्ण ट्युबको यात्रा अन्त्य

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ साउन १८ शनिबार
bridge-.jpg

दार्चुला । दार्चुलाको लाली र भारतको डौडा जोड्ने महाकाली नदि माथि निर्मित झोलुङ्गे पुल शुक्रबार देखि संचालनमा आएको छ ।

नेपाल सरकारको तुइन बिस्तापन कार्यक्रम अन्तर्गत महाकाली नदीमाथि बनेको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको ८ महिनापछि संचालनमा आएको हो । 

भारतीय पक्षबाट अनुमति ढिलाइ हुँदा निर्माण भएको ८ महिनापछि मात्रै संचालनमा आएको हो । पुल निर्माणका लागि मनमालिका कन्स्ट्रक्सन प्रालिसङ्ग २०७३ असोज ४ गते सम्झौता भई २०७५ पुस २ गते पुल निर्माण कार्य सम्पन्न भएको थियो । 

भारतको उत्तराखण्ड विधानसभा सदस्य विसनसिंह चुफालले रिबन काटेर भारततिरको क्षेत्रबाट पुल उद्घाटन गरेपछि दार्चुलाको लेकम गाउँपालिका ३ लाली र उत्तराखण्ड पिथौरगढको अस्कोटअन्तर्गत डौडा जोड्ने पुल सञ्चालनमा आएको हो ।

लेकम गाउँपालिकाको लाली र भारत पिथौरागढ जिलाको डौडा जोड्ने झोलुङ्गे पुल रु १ करोड ३२ लाखमा  गत पुसमै सम्पन्न भएको थियो । पुल निर्माण सम्पन्न भए पनि भारतीय पक्षबाट अनुमति हुन सकेको थिएन । 

केही दिन अगाडि मात्रै पुल संचालन प्रक्रियाका लागि भारतको उत्तराखण्ड सरकारले पिथौरागढ मजिस्टेटलाई पत्राचार गरेको थियो । भारततर्फ बाटोघाटो , चेक पोस्ट र शौचालय नेपाली पक्षले नै बनाउने सहमति भए पश्चात लेकम गाउँपालिका वडा नम्बर ३ को रु ७ लाख ७७ हजार रुपैयाँँ लागतमा उक्त संरचना निर्माण भएका हुन्  । 

पुल संचालनमा आएसंगै बषौंदेखि ट्युबको यात्रा गरिरहेका उक्त क्षेत्रका बासिन्दाका लागि सहज भएको छ । ट्युबको जोखिमपूर्ण यात्राको समेत अन्त्य भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ