arrow

९६ वर्षीय साहित्यकार दीक्षितको स्वास्थ्यस्थिति सुधारोन्मुख

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
madan-mani-dixit.JPG

काठमाडौँ । निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना हुनुभएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।     
     
 ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना भएका ९६ वर्षीय उनको स्वास्थ्य अवस्था शनिबार सुधार भएको उनका नाति अवनी दीक्षितले जानकारी दिए । दीक्षितका ‘माधवी’ उपन्यासलगायत दर्जनौँ लोकप्रिय कृति छन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ