arrow

साहिलसँग छुट्टिएपछि दीया मिर्जाले लेखिन् – जीन्दगीमा आँधी रोकिने प्रतीक्षा नगर्नुहोस्

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
diya.JPG

काठमाडौं । दीया मिर्जा अहिले आफ्ना पति साहिल संघासँग छुट्टिएको कारण चर्चामा छिन् । दीया र साहिलले छुट्टिएर बस्ने निर्णय गरेका थिए । दीयाले यो फैसलालाई अगष्ट १ मा सामाजिक सञ्जाल इन्स्टाग्रामको माध्यमबाट सार्वजनिक गरेकी थिइन् ।

आफ्नो तस्वीर शेयर गर्दै उनले जीन्दगीमा आँधी रोकिने प्रयास गर्नुभन्दा पनि वर्षामा नै नाच्न सिक्नुपर्ने बताएकी छिन् । विवाह छुटेपछि उनीहरुको बीचमा विभिन्न किसिमको अनुमान पनि सार्वजनिक भएका छन् । प्रतिवेदनअनुसार उनीहरुको सम्बन्धमा पछिल्लो एक महीनादेखि निकै ठूलो परिवर्तन आएको छ ।

दीया आफ्नो वेब शोको शुटिङका लागि केही समय साहिलभन्दा टाढा हिमाचलमा गएकी थिइन् । त्यहीँ केही समयदेखि साहिलको कणिकासँगको घनिष्ठता बढेको थियो । यस्तोमा दीयाको विवाह छुट्नुको कारण साहिलको प्रेमलाई बताइएको छ । तर, कणिकाले यो समाचारको खण्डन गर्दै यसलाई हास्यास्पद र गैर जिम्मेवारीपनको नमुना भएको बताएकी छिन् ।

दीयाले पनि यो समाचारको खण्डन गर्दै यो समाचार निराधार रहेको बताएकी छिन् । उनले मिडियालाई आफूहरुलाई सहयोगका लागि आग्रह गरेकी छिन् । साथै उनले आफूहरुको गोपनीयताको सम्मानका लागि पनि आग्रह गरेकी छिन् । साहिलले पनि सबै अनुमानलाई सामाजिक सञ्जालमा बकवास रहेको बताएका छन् ।

 सन् २०१४ अक्टोबर १८ मा उनीहरुको विवाह भएको थियो । साहिल दीयाका व्यावसायिक पार्टनर पनि हुन् । उनीहरुको विवाह आर्य समाजको रीतिअनुसार दिल्लीमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ