arrow

वेष्टइन्डिज विरुद्धको टी–२० सिरिज भारतलाई 

logo
प्रकाशित २०७६ साउन २० सोमबार
india-cricket1.jpeg

काठमाडौं । वेष्ट इन्डिजविरुद्वको टी–२० सिरिज क्रिकेट भारतले जितेको छ । अमेरिकाको फ्लोरिडामा आइतबार राति भएको दोस्रो खेलमा वेष्ट इन्डिजलाई २२ रनले हराउँदै भारतले ३ खेलको सिरिज २–० ले अग्रता लिँदै जितेको हो । 

टॉस के दौरान विराट कोहली और कार्लोस ब्रैथवेट।

भारतले ८ बर्षपछि विदेशमा वेष्ट इन्डिजविरुद्व सिरिज जित्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २०११ मा वेष्ट इन्डिजविरुद्धको सिरिज १–० ले जितेको थियो ।

यस्तो छ दोस्रो खेल
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा गुमाएर १ सय ६७ रन बनाएको थियो । ओपनर रोहित शर्माले ५१ बलमा ६७ रन बनाए । 

रोहितले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि कायम गरेका छन् ।

उनले वेष्ट इन्डिजकै क्रिस गेलको छक्काको कीर्तिमान भंग गरेका हुन् । ९६ खेलमा १ सय ७ छक्का हानेर उनले कीर्तिमान रचेका हुन् । गेलको १०५ छक्का छ । 

रोहित शर्मा 51 गेंद की पारी में 67 रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले १५.३ ओभरमा ४ विकेटको नोक्सानीमा ९८ रनमात्रै बनाउन सक्यो । 

त्यसपछि बर्षाले खेल प्रभावित बनेपछि डकवर्थ लुइसको आधारमा भारतले खेल २२ रनले जितेको हो । 

रोभमन पोवेलले ५४ रन बनाएका थिए । भारतका कुर्नाल पाण्डेयाले सर्वाधिक २ विकेट लिए ।

क्रुणाल ने एक ही ओवर में निकोलस पूरन और रोवमन पॉवेल को आउट किया।

तीन खेलको सिरिजको अन्तिम खेल मंगलबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ