arrow

‘अवतार’ फिल्मबारे दिएको अभिव्यक्तिको खिल्ली उडाइएपछि भड्किए गोविन्दा

logo
प्रकाशित २०७६ साउन २० सोमबार
govinda-avatar.jpg

काठमाडौं । पछिल्लो समय भारतीय अभिनेता एक अन्तर्वार्तामा बोलेको कुरालाई लिएर चर्चामा छन् । उनले उक्त अन्तर्वार्तामा हलिउडका चर्चित फिल्म निर्माता जेम्स क्यामरुनले आफूलाई अवतार फिल्म खेल्ने प्रस्ताव गरेको बताएका थिए ।

गोविन्दाको यो बयानको सामाजिक सञ्जालमा व्यापक मात्रामा मजाक उडाइएको थियो । त्यसपछि उनको विषयमा विभिन्न किसिमका ट्रोल पनि गरेका थिए । यस विषयमा गोविन्दाले आफ्नो मुख खोलेका छन् । उनले मानिसहरुले के भन्छन् भन्ने विषयमा कुनै आपत्ति नरहेको बताएका छन् ।

उनले सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता भए पनि गोविन्दालाई कसरी त्यस्तो अफर मिल्यो भन्ने कुरा गर्नु भने गलत रहेको बताए । उनले यसले अफ्नो  क्षमतामाथि पनि प्रहार भएको बताए ।

कहिले अवतारको प्रस्ताव, कहिले देवदासका गफ !

९० को दशकका अभिनेता गोविन्दा मानसिक समस्यामा परेको समाचार सार्वजनिक भएको थियो । गोविन्दाका नजिकका साथीले गोविन्दा पछिल्लो केही समययता अजीव अजीव गतिविधि गरिरहेको बताएका थिए।

केही दिनअघि गोविन्दाले  एक अन्तर्वार्ताको क्रममा आफूलाई हलिउड फिल्म अवतारमा खेल्ने प्रस्ताव आएको तर, अस्वीकार गरेको बताएका थिए । साथै उनले सञ्जय भंसालीको फिल्म देवदासमा उनलाई चुन्नीको भूमिकाको लागि प्रस्ताव आएको बताएका थिए ।

गोविन्दाका साथीका अनुसार धेरै वितरक र प्रदर्शकले उनको पछिल्लो फिल्म रंगीला राजालाई दिन अस्वीकार गरेका थिए । गोविन्दाले उनीहरुसँग लडाइँ तथा गाली गरेका थिए । उनले आफ्ना सबै साथीसँगको सम्बन्ध अन्त्य गरेका छन् । अहिले फिल्म उद्योगमा गोविन्दाको कुनै साथी सहयोगको लागि नरहेको उनका निकट मित्रले बताएका हुन् ।

टीभी कार्यक्रम ‘आप की अदालत’मा पुगेका गोविन्दाले फिल्मको नाम अवतार राख्न निर्देशक जेम्स क्यामरुनलाई आफूले सुझाव दिएको बताएका थिए । उनले आफू शरीरमा रङ लगाउन नचाहेको कारण उक्त फिल्म खेल्न अस्वीकार गरेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ