arrow

राजकुमार जस्ता शाहरुखका छोराको विवादै विवाद !

logo
प्रकाशित २०७६ साउन २० सोमबार
Aryan-Shahrukh.jpg.jpeg

काठमाडौं । शाहरुख खान र गौरीका छोरा आर्यन खानले भर्खरै फिल्ममा डेब्यु गरेका छन् । उनले ‘द लायन किंग’ मा सिंबाको लागि आफ्नो आवाज दिएका छन् । दर्शकले पनि आर्यनको आवाज मन पराएका छन् । तर, आर्यन फिल्ममा आउनुभन्दा अघि नै धेरैपटक विवादमा परिसकेका छन् । यहाँ आर्यनको विषयमा केही विवादहरु समावेश गरिएको छ –

नव्या नवेली नंदा र आर्यनको एमएमएस
सन् २०१४ मा सामाजिक सञ्जालमा एक अश्लील एमएमएस भाइरल भएको थियो । मानिसहरुले यसमा देखिएका केटा शहरुख खानका छोरा र केटी अमिताभ बच्चनकी नातिनी भएको बताएका थिए । तर, पछि यो एमएमएस नक्कली भएको खुलेको थियो । यो एमएमएसमा देखिएका केटा-केटी उनीहरु थिएनन् ।

अबराम आर्यनको छोरा भएको हल्ला
शाहरुख खानका छोरा अबरामको जन्म सेरोगेसीको माध्यमबाट भएको थियो । तर, अबरामको जन्मसँगै एक विवाद उत्पन्न भएको थियो । त्यतिबेला अबराम आर्यन खान र उनकी रोमानियन गर्लफ्रेन्डको सन्तान भएको हल्ला फैलिएको थियो । तर, अन्तिममा सबै कुरा स्पष्ट भएको थियो ।
 
धेरै केटीसँग जोडिएको थियो नाम
हालसालै आर्यन एक केटीसँग भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । समाचारमा बताइएअनुसार उनी लण्डनकी उत्कृष्ट ब्लगर हुन् । समाचारमा बताइएअनुसार गौरी आफ्ना छोराको रोजाइबाट खुसी छिन् । तर, अहिलेसम्म उनी को हुन् भन्ने विषयमा भने यकिन हुन सकेको छैन ।
केही मानिसले उनलाई आर्यनको गर्लफ्रेन्ड भएको बताइरहेका छन् । यसअघि पनि उनी फरक फरक केटीसँग देखिँदै आएका छन् ।
 
परिवारवादको संज्ञा
मानिसहरुले शाहरुख खानका छोराले द लायन किङको हिन्दी संस्करणमा सिंबाको आवाज दिँदैछन् भन्ने कुरा थाहा पाएसँगै सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भएको छ । मानिसहरुले शाहरुख खानले परिवारवादको आविष्कार गरेको बताएका छन् ।

अन्य

आर्यनको जन्म १३ नोबेम्बर १९९७ मा महाराष्ट्रमा भएको हो । आर्यनले स्कूलको शिक्षा सेवनोक्स स्कूल लण्डनबाट लिएका हुन् । आर्यनलाई रग्बी, तेक्वान्डो जस्ता खेल मन पर्छ । सन् २०१० मा  आर्यनले तेक्वान्डोमा गोल्ड म्याडल जितेका थिए । यस बाहेक संगीत पनि उनको रूचिको बिषय हो । पैसाको कुरा गर्ने हो भने आर्यनका बुबा शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाको सम्पती रहेको छ ।

आर्यनलाई कारको पनि निकै शौक छ। उनिसँग मर्सिडीज बेन्ज र फेरारी जस्ता महंगा कार रहेका छन् । आर्यन आफ्ना बुबा शाहरुख खानसँगै 'मन्नत' बंगलामा बस्छन् । शाहरुखसँग मुम्बईमा मन्नत लगायत विश्वका कयौ स्थानमा सम्पती रहेको छ ।

आर्यनको खास साथिमा अमिताभ बच्चनकी नातिनी नव्या नवेलीको नाम आउछ । प्राय आर्यन नव्यासँग देखिन्थे ।

यसअघि पनि आर्यन चलचित्रमा पनि देखिसकेका छन् । 'कभी खुशी, कभी गम'मा आर्यनले शाहरुख खान सानो छदाको भुमिका निभएका थिए। यस बाहेक आर्यनले हलिउड चलचित्र 'द इन्क्रेडिबल्स'को हिन्दी भर्जनको लागि स्वर दिएका थिए ।

आर्यन खान बहुबली स्टार प्रभास र राणा दग्गुबातीको साथमा अब छिटै नै साउथ फिल्ममा आउनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ