arrow

अन्तत जितायो बल टेम्परम्यानले 

यस्ता कीर्तिमान आफ्नो नाममा लेखाए स्मिथले

logo
प्रकाशित २०७६ साउन २० सोमबार
aus1.jpg

काठमाडौं । आइसीसीको पहिलो टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा अष्ट्रेलियाले इंगल्याण्डलाई फराकिलो अन्तरले हराएको छ । 

एसेज सिरिज अन्तर्गतको बर्मिंघममा भएको पहिलो खेलमा इंगल्याण्ड २५१ रले पराजित भएको हो । अन्तिम दिन सोमबार ३९८ रनको विजयी लक्ष्य पछ्याएको इंगल्याण्डले विकेट टिकाउन नसकेर ५२.३ ओभरको सामना गर्दै अलआउट हुनुपूर्व १४६ रनमै अलआउट भयो । 

Australia's Nathan Lyon took six wickets, decimating the England lineup as they cruised to victory on the final day

क्रिस वोक्सले सर्वाधिक ३७ रन बनाएको इनिङमा जासन रोय र जो रुटले २८–२८ रन बनाए । नाथल लियोंले ६ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा २८४ र दोस्रो इनिङमा ७ विकेटको नोक्सानीमा ४८७ रन बनाएर इनिङ समाप्त गरेको थियो । 

इंगल्याण्डले पहिलो इनिङमा  ३७४ रन बनाएर ९० रनको अग्रता बनाएको थियो । 

Jason Roy went charging down the pitch after Lyon, only for the ball to go straight through him and hit the stumps

बल टेम्परम्यानको शानदार खेल
यो खेल स्टिभ स्मिथको नाममा रह्यो । बल टेम्परिङको कालो दाग लागेपछि निलम्बनमा परेर फुकुवा भएपछिको पहिलो खेलमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले स्मरणीय खेल पस्केका हुन् । 

उनले पहिलो इनिङमा १४४ रनको योगदान दिए भने दोस्रो इनिङमा १४२ रन बनाए । म्यान अफ द म्याच बनेका स्मिथको ब्याट्ले मात्र २८६ रन बनाएको थियो । 

Smith’s combined total of 286 represents a difference of all but 113 runs between the sides

उनी विश्व टेष्ट च्याम्पियनसिपमा पहिलो शतक बनाउने पहिलो ब्याट्सम्यान बने । त्यसमाथि अर्को कीर्तिमान पनि थपियो कि एकै खेलमा लगातार दुई सतकको कीर्तिमान ।  

त्यस्तै टेष्ट च्याम्पियनसिपमा अहिलेसम्म एक खेलमा २८६ रनको कीर्तिमान । उनले अष्ट्रेलियाको पहिलो इनिङमा अरु कसैले जोड्न नसकेको २ छक्का पनि हाने । अचम्म दोस्रो इनिङमा एक छक्का पनि हानेनन् ।

Steve Smith eventually surrendered his wicket on Sunday having scored 142 

दक्षिण अफ्रीका विरुद्धको खेलमा बेल टेम्परिङको आरोपमा एक बर्षे प्रतिबन्धपछि पहिलो टेष्ट खेलेका स्मिथले पहिलो खेलमै दुई शतक बनाएका हुन् । 

के हो टेष्ट च्याम्पियनसिप ? 

टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगितालाई टेष्ट क्रिकेटको विश्वकप मानिन्छ । यो प्रतियोगितामा ९ टिम छन् । दुई वर्षमा यो प्रतियोगिता पूरा हुनेछ । 

Nathan Lyon celebrates taking the wicket of Ben Stokes as Australia cruised towards victory on the final day of the Test

त्यसअन्तर्गत एसेज सिरिज भइरहेको हो । जहाँ ५ टेष्ट खेल खेलिने छ । नियमानुसार कम्तीमा २ र बढीमा ५ टेष्ट खेल्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ