arrow

प्रधानमन्त्रीमा देउवाको दाबी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2080510599.jpeg
काठमाडौं। नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउन पार्टी सभापति सुशील कोइरालालाई दबाब दिने तयारी गरेको छ।
 
देउवानिकट नेताहरुले बुधबार साँझ भएको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति पौडेललाई उछिन्ने निष्कर्ष निकालेको हो।
 
केन्द्रीय समितिबाट आफूलाई पुनः अनुमोदन गराएर कोइराला आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीको रहेको देउवानिकट नेताहरुको बुझाइ छ । ‘सुशीलजी नै उम्मेदवार भए पनि अब प्रक्रियामा लैजानुपर्छ,’ एक नेताले भने,‘उहाँहरु केन्द्रीय समितिकाबाट उम्मेदवार चयन गर्ने पक्षमा देखिनुभएको छ।’
 
भेलाले सत्तासाझेदार नेकपा एमालेलाई नयाँ सरकारको नेतृत्व दिने सहमति भए–नभएको विषयमा सभापति सुशील कोइरालासँग जानकारी माग्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा एमालेलाई सरकारको नेतृत्व दिने सहमति भएको हो भने सभापतिलाई त्यस्तो अधिकार कसले दियो भन्ने प्रश्न उनीहरुले अघि सार्न लागेका हुन् । सभापति कोइरालाले व्यक्तिगत रुपमा गरेको सहमतिलाई पार्टीको भन्न नमिल्ने भन्दै देउवानिकट नेताको भेलाले नयाँ सरकारको नेतृत्व पार्टीले नै गर्नुपर्ने ठहर गरेको छ ।
 
काग्रेसको नेतृत्वमा सरकार गठनको सम्भावना रहेको ठहर गर्दै बैठकले सकेसम्म वरिष्ठ नेता शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ