arrow

नेपाललाई सघाउन युकेमा हाइकिङ

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
hiking-nepal-uk.jpg

वेल्स । नेपालको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि र नयाँ पुस्तालाई नेपालबारे बेलायतमा जानकारी दिने उद्धेश्यले हाइकिङ गरिएको छ । 

नेपालको धार्मिक, सांस्कृतिक लगायतका विषयमा जानकारी गराउने उद्धेश्यसहित सन् २०२० को भ्रमण वर्षलाई सफल बनाउने उद्धेश्यले यो हाइकिङ आयोजना गरिएको जनाइएको छ । 

कास्कीको धम्पुस र बेलायतको वेल्सस्थित ब्रेकनबीच आपसी भगिनी सम्बन्ध जोडेको अवसर पारेर हाइक फर नेपाल २०१९ कार्यक्रम आयोजना गरिएको पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिएका छन् । 

यसको उद्धेश्य २०७२ सालको महाभूकम्पपछि क्षति पुगेको नेपालमा पर्यटन क्षेत्र पनि केही घटेको महसुस गर्दै नेपाल अझै सुरक्षित रहेको र यात्राका लागि वातावरण राम्रो भएको सन्देश दिन हाइकिङ आयोजना गरिएको हो । 

सन् २०१५ देखि वि विल राइज फाउन्डेशन डब्लुडब्लुआरएफले हाइक फर नेपाल पहिलो पटक हङकङमा आयोजना गर्दै आएकामा उस्तै उद्धेश्य लिएर युकेमा पनि सहकार्यमा आयोजना गर्न थालिएको हो । 

यसमार्फत नेपाललाई सांस्कृतिक, आर्थिक, शारीरिक र प्राविधिक रुपले सहयोग भइरहेको पनि अध्यक्ष गुरुङले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ