arrow

अमित शाहले भने– कश्मीरका लागि ज्यान दिन तयार छु 

कश्मीरसंगै पीओके (पाकिस्तान अधिनस्थ कश्मीर) र अक्साई चिन पनि आउने

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
amit-shah-final.jpg

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरका लागि ज्यान दिन तयार रहेको बताएका छन् । लोकसभामा जम्मू–कश्मीर मामलामा अनुच्छेद ३७० बारे प्रस्ताव पेश गर्दै उनले स्पष्ट पार्दै उनले जम्मू–कश्मीर भारतको अभिन्न अंग भएको बताउँदै कश्मीरको मामला राजनीतिक मात्र नभई कानुनी पनि भएको बताए । 

गृहमन्त्री शाहले कश्मीरसंगै पीओके (पाकिस्तान अधिनस्थ कश्मीर) र अक्साई चिन पनि आउने बताए । उनले संसदमा विपक्षी दलका सांसदहरुले अनावश्यक अवरोध गरेको आरोप लगाउँदै आफू जम्मू–कश्मीरका लागि ज्यान दिन तयार रहेको बताएका हुन् । 

उनले अनुच्छेद ३७० महान् एवं ऐतिहासिक प्रस्ताव भएको बताएका छन् । 

उनले जम्मू–कश्मीर पुनर्गठन बिल लोकसभामा पेश गरेका छन् । मंगलबार बिहान उनले लोकसभा बैठकमा अनुच्छेद ३७० हटाउने प्रस्ताव पेश गरेका हुन् । 

यो विधेयक सोमबार राज्यसभामा पास भइसकेको छ । लोकसभामा पनि पेश भएको थियो तर विपक्षी दलहरुको वाकआउटका कारण चर्चा हुन सकेको थिएन । 

दुवै सदनमा विधेयक पास भएपछि राष्ट्रपतिको पास मन्जुरीका लागि पठाइने छ । राष्ट्रपतिको हस्ताक्षरपछि जम्मू–कश्मीर र लद्दाख अलग अलग केन्द्र शासित प्रदेश हुनेछन् । 

लोकसभामा अमित शाहले स्पष्ट पारिरहँदा चर्को विरोध भएको छ । काँग्रेस सांसद अधिर रंजन चौधरीले कडा विरोध जनाएका हुन् । 

उनले रातारात नियम तोडेर फुटाउन खोजिएको आरोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ