arrow

चोटको सामना गर्दै आएका स्टेनले लिए सन्यास

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
del1.jpg

काठमाडौं । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेनले सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । लामो समयदेखि विभिन्न चोटको सामना गर्दै आएका स्टेनको सन्यासको जानकारी क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले दिएको हो । तर, स्टेनले एकदिवसीय र टी–२० क्रिकेट भने खेल्नेछन् ।

स्टेनले ९३ टेस्टमा ४३९ विकेट लिएका छन् । उनको इनिङमा सबैभन्दा राम्रो प्रदर्शन ५१ रन दिएर ७ विकेट लिनु थियो । एक खेलमा ६० रन दिएर ११ विकेट लिनु सबैभन्दा राम्रो प्रदर्शन हो । दायाँ हाते बलरले सन् २००४ मा टेस्टमा डेब्यु गरेका थिए ।

काँधको चोटको कारण यस वर्ष भएको एकदिवसीय विश्वकपमा पनि उनी टोलीमा अटाउन सकेका थिएनन् । उनले टेस्ट क्रिकेटको सबैभन्दा राम्रो प्रारुप रहेको बताए । उनले क्रिकेटका सबैलाई धन्यवाद ज्ञापन गरे । उनले टेस्ट क्रिकेटको यात्रामा सबैको समान योगदान रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ