arrow

डिलाले खोलिन देशको पहिलो उद्योग जुटमिलको भष्ट्राचार

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
dila-sangraula1.jpg

काठमाडौं। देशको पहिलो उद्योग जुटमिलको भष्ट्राचारको विषयमा कांग्रेस सांसद डिला संग्रौलाले संसदमा आज चीरफार गरेकी छिन। उनले संसदमा राखेको मन्तव्यको सार यसप्रकार छः

देशको पहिलो उद्योग भनेर चिनिने विराटनगर जुट मिल आज निकै दयनिय अवस्थामा पुगेको छ। राजनीतिक हस्तक्षेपले थला परेको उद्योगलाई माथी उठाउने नाममा समेत पटक–पटक भष्ट्राचार भएको छ। ०७२ साउनमा निलहरि काफ्ले अध्यक्ष भएपछि मिल चलाउने नाममा जुट मिलका पार्ट पुर्जा मात्र होइन पर्खाल भत्काएर इट्टा समेत बेचियो। २०७४ साउनमा वसन्त वन अध्यक्ष भएपछि यिनले जुट मिलको ६८ प्रतिशत सेयर विक्रि गरेर ३२ प्रतिशतमा झारे। विभिन्न स्थानीयबासीको विरोधपछि नाटकीय ढंगबाट बोर्डको वैठक गरी ६८ प्रतिशत सेयर नेपाल सरकारको नाममा जम्मा गरेको खुलासा गरे तर ६८ प्रतिशत सेयर अहिले पनि सरकारको नाममा कायम भएको छैन् जुन कुरा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरबाट स्पष्ट हुन्छ। त्यो बीचमा वसन्त वनले मिल चलाउने नाममा ५०-६० जना श्रमिक राखेर ८०-८५ टन पटुवाबाट सुत्ली बनाएर विक्रि गरी पैसा आफै लिएर गए तर कर्मचारीले तलब पाएनन्। पुराना २५ जना कर्मचारीलाई तलब नै नदिई आफ्नो मान्छे भर्ना गर्ने कार्य शुरु गरे तर आजसम्म यिनीहरुले पारिश्रमिक भुक्तानी पाएका छैनन्। यसरी यो जुटको मिलको सेयर होडवाजी, यसको नाममा रहेको ६९ विगाहा जग्गा हड्प्ने खेलमा शेयर बिक्रि गर्नेहरु लागि परेका छन्। सेयरको नाममा भष्ट्राचार गर्ने र जुटमिलको जग्गा हत्याउन लागि परेका व्यक्तिलाई कारवाही हुनुपर्छ र पारिश्रमिक नपाएका श्रमिकहरुले तलव पाउनुपर्छ भन्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ