arrow

निधनको तीन घण्टा पहिले यस्तो लेखेकी थिइन् सुषमा स्वराजले 

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
sushmaswaraj759.jpg.jpeg

काडमाडौं । भारतीय विदेश मन्त्री सुषमा स्वराजको ६७ वर्षको उमेर मंगलबार राति निधन भएको छ । टाउको दुखेपछि एम्स अस्पतालमा भर्ना गरिएपछि उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । 

निधन भन्दा तीन घण्टा पहिले उनले एक ट्वीट गर्दै कश्मीरमा अनुच्छेद ३७० हटाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । 

उनले लेखेकी थिइन् – जीवनमा यही दिनको प्रतिक्षा गरिरहेकी थिएँ ।

मोदीले स्वराजको निधनप्रति आफ्नो लागि निजी क्षति भएको बताएका छन् । 

स्वराजको पार्थिव शरीर एम्सबाट उनको घर लगिएको छ । 

भाजपा कार्यकारी अध्यक्ष जेपी नइडाले बुधबार दिउँसो १२ देखि ३ बजेसम्म उनको पार्थिव शरीर भाजपा मुख्यालयमा राखिने बताएका छन् । 

भाजपाको ओजस्वी आवाज र चेहरा स्वराजको निधनले भाजपा सहित सिंगो भारतका लागि क्षती भएको भारतीय मिडियाले जनाएका छ्न्।

भाजपाकी पहिलो महिला प्रवक्ता स्वराज उच्चस्तरकी वक्ता थिइन, जुन संसदमा झल्किने गर्दथियो।

दिल्लीको पहिलो महिला मुख्यमन्त्री भएकी स्वराज मोदीको पहिलो कार्यकालमा विदेशमन्त्रीको हैसियतमा भारतको अन्य देशसँगको सम्बन्ध सुदृढ गर्न लागेको कुरा मोदीले समेत स्मरण गराएका छ्न् ।

नेपाली नेताहरुले पनि स्वराजलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ