arrow

भारतलाई जवाफ दिन पाकिस्तानले बनायो टीम 

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
imran-khan-PM.jpg

काठमाडौं । जम्मू–कश्मीर विवादबारे भारतलाई जवाफ दिन पाकिस्तानले टोली बनाएको छ । कानुनी, राजनीतिक तथा कुटनीतिक जवाफ दिनका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सात सदस्यीय एक समिति बनाएका हुन् । 

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको एक आदेशमा समितिमा पाकिस्तानका विदेशमन्त्री, महान्यायाधीवक्ता, विदेश सचिव, आइएसआई, मिलिटरी अपरेसन्स र आईएसपीआरका महानिर्देशकसंगै प्रधानमन्त्रीका विदेश दूत अहमद बिलास सूफी सामेल रहेका छन् । 

आदेश

यसअघि जम्मू–कश्मीरको विशेष दर्जा समाप्त भएपछि पाकिस्तानी संसदमा संयुक्त सत्र बोलाइएको थियो। त्यहाँ प्रधानमन्त्री इमरान खानले आफ्नो भनाइ राखेका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ