arrow

मोदीले कसरी सम्झिए सुस्मालाई, विजेपीका ओजस्वी आवाज र चेहरा थिइन सुस्मा

logo
प्रकाशित २०७६ साउन २२ बुधबार

काठमाडौं। आफ्नो मन्त्रीमण्डलका पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीका नेतृ सुस्मा स्वराजको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गरेका छन्। 

आधुनिकता र परम्पराको मिश्रण गर्ने क्षमता राख्ने सुस्मा स्वराजको निधनमा भारतीय राजनीतिक तह स्तब्ध भएको छ। 

भारतीय प्रधानमन्त्री मोदीले स्वराजको निधन भारतीय राजनीति र आफ्नो लागि व्यक्तिगत क्षती भएको जाएका छन्। 

भारतका लागि स्वराजले गरेको योगदानका लागि उनलाई लामो समयसम्म सम्झिइने मोदीले उल्लेख गरेका छन्। 

५ बर्षसम्म विदेशमन्त्री रहँदा थकानरहित भएर भारतका लागि काम गर्ने स्वराजको विशेषताको स्मरण गर्दै मोदीले स्वास्थ्य राम्रो नहुँदा नहुँदै पनि कामप्रति कहिल्यै अन्याय नगरेको बताएका छन्। 

कुशल प्रसासकका रुपमा स्वराजले सम्हालेको मन्त्रालयले उच्च मानक कायम गरेको पनि मोदीले ट्वीट गरेर बताएका छन्। विभिन्न देशसँग भारतको सम्वन्ध वलियो बनाउन स्वराजले खेलेको भूमिकालाई लिएर पनि मोदीले उनको प्रशंसा गरेका छन्। 

कुशल वक्ता र उच्चस्तरीय सांसदको रुपमा स्वराजको काम सम्झदै मोदीले पार्टीको विचारधारालाई विस्तार गर्न उनको भुमिकाको पनि मोदीले स्मरण गरेका छन्।

स्वराज भाजपाकी पहिला महिला प्रवक्ता थिइन। सोनिया गान्धी भारतको प्रधानमन्त्री बन्ने अवस्था आउँदा स्वराजले संसदमा तथा अन्य सार्वजनिक समारोहमा व्यक्त गरेको अभिव्यक्तिका कारण प्रधानमन्त्री बन्न नसकेको बताइने गरिन्छ। स्वराजले सोनिया प्रधानमन्त्री बने आफूले कपाल मुण्डन गर्ने चेतावनी दिएकी थिइन। इटालीमा जन्मेकी सोनियालाई प्रधानमन्त्री नबन्न नैतिक दवाव बढाइएपछि उनले मनमोहन सिंहलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकी थिइन। 

धारा ३७० खारेज गर्नु पर्ने पार्टी लाइनको कडा समर्थक तथा प्रचारक रहेकी स्वराजले भारतको दुवै सदनबाट ३७० खारेज गर्ने प्रस्ताव पारित भएकै दिन देह त्याग गरेकी थिइन। उनको निधनको ३ घण्टा अघी उनले आफूले लामो समयदेखि प्रतिक्षा गरेको कुरा देख्न पाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी थिइन। 

दिल्लीको पहिलो महिला मुख्यमन्त्री स्वराजको निधनमा दिल्ली सरकारले दुई दिने शोकको घोषणा गरेको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्द स्वराजको निवास पुगी श्रद्धाञ्जली दिएका छन्। योगगुरु रामदेवले पनि उनको निवासमा पुगेर स्वराजप्रति श्रद्धाञ्जली दिएका छन्। 

विजेपीको ओजस्वी चेहरा र आवाजका रुपमा चर्चित स्वराजको ननिधन भारतीय जनता पार्टी मात्र नभइ सिंगो भारतका लागि ठूलो क्षती भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ