arrow

सुबिसुको कार्यलयमा भिषण आगलागी

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
subishu.jpg

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सुबिसु प्रालिको कार्यालयमा भिषण आगलागी भएको छ । बालुवाटारस्थित सुबिसुको ‘ब्याकअप’ कार्यालय रहेको भवनमा अहिले आगलागी भएको हो । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी हुँदा कर्मचारीहरु कार्यालयभित्रै रहेका थिए । अहिले आगो जुद्ध बारुणयन्त्र, सुरक्षाकर्मीसहितको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

गैरीधारा नजीक रहेको सुबिसुको कार्यालयमा आगलागी भएपछि यातायत तथा पैदलयात्री समस्यामा परेका छन् । अहिले  ईटालीयन मोड, भाटभटेनी र गैरीधाराबाट सवारी साधनलाई डाईभर्सन गरिएको छ ।  जसले गर्दा यतिबेला खुर्सानीटार, भाटभटेनी हुदै चल्ने सवारी साधन चापमा चलिरहेका छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ