arrow

इन्धन अभावले फस्टायो व्यापार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
791701508.jpeg
काठमाडौँ। पेट्रोलियम पदार्थको हाहाकारले सवारी चालकले दुःख खेप्नुपरेको वर्तमान समयमा फुटपाथ पसलले भने आम्दानी राम्रो भएको बताएका छन् ।
 
भारत सरकारले पारवहन सम्झौता अनुसारको काम नगरेपछि काठमाडौँ उपत्यकालगायत देशभरका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ लिनको लागि लाइन लाग्नेको सङ्ख्या बढेको छ। लाइन बसेर पेट्रोलियम पदार्थ लिने सवारी साधनका चालक रातदिन नभनी लाइनमा बस्न बाध्य छन् । रामेछाप घर भई हाल काठमाडौँको सोह्रखुट्टे बस्दै आउनुभएका बुद्धबहादुर श्रेष्ठको जीवन धान्ने बाटो ट्याक्सी चलाउनु हो । तर तेल नपाएपछि चार दिनदेखि उहाँ लाइन बस्न बाध्य हुनुहुन्छ ।
 
उहाँको घरमा सात जनाको परिवार छ । तेल र ग्यास नपाउने गरेकाले परिवार पाल्न गाह्रो भएको श्रेष्ठको गुनासो छ । श्रेष्ठले भन्नुभयो, “मैले दुईवर्ष अघि सहकारीबाट रकम झिकेर ट्याक्सी किनेको थिएँ, हप्ताको एक पटक तेल हालेर कमाएको पैसाले घरपरिवार पाल्नु कि सहकारीको ऋण तिर्नु ?” ।
 
यस्तै धादिङ घर भई हाल नयाँबजार डेरा गरी बस्ने बाबुकाजी श्रेष्ठको पीडा पनि उस्तै छ । उहाँले पनि केही समय पहिले सहकारीबाट रकम लिएर ट्याक्सी किन्नुभएको थियो । तेलका लागि चार दिनदेखि ट्याक्सी लाइनमा राखी राति त्यहीँ सुत्ने गरेको गुनासो पोख्नुभयो ।
 
यसरी सवारी चालकले आफ्नो दुःख व्यक्त गर्दा त्यहाँका फुटपाथ पसलेहरु आफ्नो व्यापार बढेकोमा खुसी थिए । भारतको चम्पटी घर भई हाल काठमाडौँ जँैसीदेवल बस्दै आउनुभएका प्रमोद चौधरी फलफूल बेच्दै आउनुभएकाले आफ्नो आम्दानी बढेकोमा मख्ख देखिनुहुन्थ्यो ।
 
यसअघि बबहरमहलमा व्यापार गर्दै आउनुभएका चौधरी भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा सवारीको ताँती देखेर यहाँ व्यापार गर्न आउनुभएको थियो । उहाँले बबहरमहलमा दैनिक रु दुई हजारको व्यापार गर्दै आए पनि भद्रकालीमा आएपछि दैनिक रु तीन हजारदेखि रु तीन हजार ५०० सम्मको व्यापार हुने गरेको बताउनुहुन्छ ।
 
यसैगरी रामेछाप घर भई हाल काठमाडौँ नयाँसडक बस्दै आउनुभएकी हिरामाया श्रेष्ठको व्यापार पनि केही बढेको छ । उहाँले नाङ्लामा चुरोट, सूर्तिलगायतका सामान बेच्दै आउनुभएको छ ।
 
भद्रकालीमा आउनुभन्दा पहिले रत्नपार्कमा व्यापार गर्नुभएकी श्रेष्ठले त्यहाँ दैनिक रु एक हजारको व्यापार गर्नुहुन्थ्यो । भद्रकालीमा आएपछि दैनिक दरु दुई हजारको व्यापार हुने गरेको उहाँले बताउनुभयो ।
 
उहाँले भन्नुभयो– “रत्नापार्कमा बस्दा महानगरपालिकाले पसल उठाउने गरेकाले भाग्नुपथ्र्यो । यहाँ आएपछि भाग्नुपर्दैन र व्यापार पनि धेरै छ” । उहाँले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म व्यापार गर्ने गरेको बताउनुभयो ।
 
यसरी नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव हुँदा फुटपाथ पसल चलेसँगै फोहर पनि उत्तिकै हुने गरेको छ । काठमाडौँका अधिकांश पेट्रोलपम्पमा फोहर फाल्ने ठाउँ र शौचालय समेत छैन ।
 
यसरी शौचालय र फोहर फाल्ने ठाँउ नहुँदा पेट्रोलपम्प वरिपरिको वातावरण बिग्रँदै गएको छ । “बाटो मिचेर पेट्रोलपम्प निर्माण गर्ने र पेट्रोलपम्प वरपर खुला ठाउँ नभएका कारणले यस्तो समस्या भएको हो” काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख ज्ञानेन्द्र कार्की भन्नुहुन्छ ।
 
उहाँले काठमाडौँ महानगरपालिका भित्रका कति पेट्रोल पम्पमा शौचालय छन् छैनन् भनेर आयल निगमसँग तथ्याङ्क मागेपनि दिन नमानेको गुनासो गर्नुभयो । “मापदण्ड विपरीत पेट्रोलपम्प बनाएकाले यस्तो समस्या आएको हो” उहाँले भन्नुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ