arrow

बीसीसीआईले द्रविडलाई पठायो नोटिस, गांगुली भन्छन्- भारतीय क्रिकेट अब भगवानको हातमा

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
dravid-ganguli.jpg

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का लोकपाल डीके जैनले कम्पनीको सेयरको विवादलाई लिएर नोटिस जारी गरेका छन् । द्रविड नेशनल क्रिकेट एकेडेमीका प्रमुख हुन् । साथै उनी इन्डिया सीमेन्ट ग्रुपको पनि उपाध्यक्ष हुन् । उनलाई नोटिस पठाएसँगै पूर्व कप्तान सौरभ गांगुली र अफ स्पिनर हरभजन सिंहले असन्तुष्टि जनाएका छन् ।

दुवैले ट्वीट गर्दै भारतीय क्रिकेट टोलीलाई अब भगवान्ले मात्र बचाउन सक्ने बताएका छन् । डीके जैनले प्रदेश क्रिकेट संघका सदस्य सञ्जीव गुप्ताको उजुरीमा द्रविडलाई नोटिस पठाएका हुन् । गुप्ताले यसअघि सचिन तेन्दुलकर, सौरभ गांगुली र भीभीएस लक्ष्मणको विरुद्धमा पनि हितको विवादको उजुरी दिएका थिए ।

गांगुलीले यो चर्चामा रहने बीसीसीआईको सबैभन्दा राम्रो तरिका भएको बताएका छन् ।  हरभजन सिंहले पनि महान खेलाडीलाई यस किसिमको नोटिस पठाउनु बेइज्जत भएको बताएका छन् । उनले भारतीय क्रिकेटलाई अब भागवान्ले मात्र बचाउनसक्ने बताए ।

बीसीसीआईका अधिकारीले द्रविडलाई नोटिस पठाइएको स्वीकार गर्दै दुई साताभित्र जवाफ मागिएको छ । सचिनलाई पनि एडभाइजरी कमिटिका साथै मुम्बई इन्डियन्स र भीभीएस लक्ष्मणलाई सनराइजर्स हैदरावाजसँग जोडिएको भन्दै नोटिस पठाइएको थियो । गांगुलीलाई पनि बंगाल क्रिकेट एशोसिएशनका साथै दिल्ली क्यापिटल्ससँग जोडिएको भन्दै नोटिक पठाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ