arrow

आगलागीपछि सुबिसुको नब्बे प्रतिशत सेवा सुचारु

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
subishu.jpg

काठमाडौं ।  इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेटको डाटा सेन्टरमा आगलागी हुँदा प्रभावित भएको सेवा सुचारु भएको कम्पनीले जानकारी दिएको छ। बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार साउन २२ गते भिषण आगलागी भएको थियो ।

प्रेस विज्ञप्ती
नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा।० लि। को बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार साउन २२ गते भिषण आग लागी भएको जानकारी यहाँहरु मा सर्वबिदित नै छ । यसबाट मानविय क्षति नभएको तर ठूलो रुपमा भौतिक क्षति हुन गएको हुनाले हाम्रो सेवा केहि स्थानमा अबरुद्ध भई सेवाग्राहिहरु प्रभावित हुनुभएको व्यहोरा यहाँहरु मा जानकारी गराउदछौं ।

आगलागि पूर्णरुपमा नियन्त्रण भएको केहि समय भित्र नै हामिले आफ्ना प्राबिधिक टोलिको सहयोगद्वारा प्रभावित सेवा सुचारु गरा्उन तत्परताका साथ काम अगाडि बढाई, केहि घन्टा भित्र नै थापाथली स्थित सुबिसुको बैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहिहरुको सेवा सुचारु गराउन सफल भयौं ।

यस बैकल्पिक डाटा सेन्टरबाट घटना पश्चात हामिले अहिले सम्म करिब नब्बे प्रतिशत सेवा ग्राहिहरुको सेवा सुचारु गर्न सफल भएका छौं भने सेवाग्राहिहरुको सम्बेदनसिलतालाई मनन गरि हामिसगं आबद्व  रहनुभएका अति आवश्यक सेवाग्राहिहरुको सेवा भने तत्काल नै सुचारु गरायौं ।

भिषण आगलागि भएको केहि समय भित्र नै अतिआवश्यक सेवा सुचारु गर्न सक्नुमा मुख्य कारण हामिले प्रबन्ध गरेको Disaster Recovery Centre  को अबधारणा लाई मान्नु पर्दछ । वि.स. २०७२ सालको भुकम्प पश्चात हामिले Disaster Recovery Centre को आवश्यक्तालाई महसुस गरि सोहि अनुरुप थापाथलिमा बैकल्पिक डाटा सेन्टरको स्थापना गरेका थियौं ।

अझै पनि क्षति ग्रस्त रहेको हाम्रो बालुवाटारको डाटा सेन्टरबाट आबद्व रहनुभएका केहि सेवाग्राहिहरुको अबरुद्व सेवा सुचारु गर्न हामि प्रयासरत छांै र एक दुई दिन भित्रमा नै सम्पूर्ण सेवाग्राहिको सेवा सुचारु हुनेमा हामि पूर्ण विश्वस्त तथा कटिबद्व छौं ।

यस्तो भिषण आगलागि समन तथा नियन्त्रण गर्नका लागि हामिलाई सहयोग गर्नुहुने जुद्घ बारुण यन्त्र, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस र काठमाडौं महानगरको वारुण यन्त्रको टोलि प्रति हामि आभार प्रकट गर्दछौं । साथै यस्तो अबस्थामा हामिलाई साथ दिनुहुने हाम्रा सम्पूर्ण सेवाग्राहिहरु, शुभ चिन्तक तथा नेपाल केबल टिभि महासंग, ईन्टरनेट सेवा प्रदायक सघं प्रति हामि कृतज्ञता प्रकट गर्दछौं ।
सुबिसु, बालुवाटार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ