arrow

म र अरबाज साथी बन्न सक्दैनौं, अरबाज र मलाइकाले गरेका ७ खुलासा

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
malaika-arbaj.jpg

काठमाडौं । भारतीय अभिनेता अरबाज खान र मलाइका आरोडाले सम्बन्धविच्छेद भएको २ वर्षपछि आफ्नो सम्बन्धको विषयमा कुरा खोलेका छन् । अरबाजले यसै विषयमा आफूहरुले केही वर्ष सँगै बिताएको र आफूहरुको एक सन्तान पनि भएकोले दुवैले एक अर्काको सम्मान गर्ने गरेको बताएका छन् ।

अरबाजले आफूहरुको बीचमा भएको शर्तले काम नगरेको कारण आफूहरुले अलग हुने फैसला लिएको बताएका छन् ।  यहाँ मलाइकाले अरबाजको विषयमा गरेका ७ खुलासा उल्लेख गरिएको छ –

१. सम्बन्धविच्छेदबाट निकै बेचैन थिइन्
मलाइकाले ह्वाट वुमन वान्ट कार्यक्रममा बोल्दै सम्बन्ध विच्छेदको अघिल्लो दिन निकै बेचैनमा रात बिताएको उल्लेख गरेकी छिन् । उनलाई सो रात एकपटक अन्तिम फैसला लिन निकै गाह्रो भएको बताएकी छिन् । सबैले उनलाई एकपटक पुनः विचार गर्न अनुरोध गरेका थिए ।

२. सम्बन्धविच्छेदबारे परिवारको यस्तो प्रतिक्रिया
मलाइकाले आफूले यो निर्णय लिँदा सबैले दोस्रोपटक सोच्न आग्रह गरेको बताएकी छिन् । सबैले उनको चिन्ता गरिरहेका थिए । तर, कसैले पनि सम्बन्ध विच्छेद गर भनेर भन्न सकेका थिएनन् ।

३. सम्बन्धविच्छेदपछि फेरि प्रेम हुन सक्छ ?
मलाइकालाई उक्त शोमा फेरि पनि सम्बन्ध जोडिन सक्छ भन्ने विषयमा प्रश्न गरिएको थियो । जवाफमा उनले छुटेपछि पनि सम्बन्ध अघि बढाउन जरुरी रहेको बताएकी छिन् ।

सम्बन्धविच्छेदपछि के भयो ?
उनले सम्बन्ध विच्छेदपछि पनि खासै केही परिवर्तन महसुस नभएको बताएकी छिन् । अरोडाले सधैं उसले मलाई किन त्यस्तै गर्‍यो भन्नेजस्तो कुरा मनमा खेल्ने गरेको बताइन् ।

सजिलै उम्किन्छन् पुरुष
सम्बन्धविच्छेदपछि आफ्नो धेरै कुरा परिवर्तन हुने र समाजको पनि सामना गर्नुपर्ने समस्या आइपर्ने मलाइकाको भनाइ छ । यस्तो अवस्थामा पुरुषलाई भने सबै कुराबाट बाहिर निस्किन सजिलो हुन्छ ।

म र अरबाज साथी बन्न सक्दैनौं
मलाइकालाई मित्रताको विषयमा सोधिएको प्रश्नमा उनले बच्चाको कारण सम्बन्ध सामान्य हुनसक्ने तर दुईजना साथी भने कहिले पनि बन्न नसक्ने बताइन् ।

सम्बन्धविच्छेदपछि छोराको प्रतिक्रिया
सम्बन्धविच्छेदपछि छोराले मलाइकामा केही परिवर्तन देखेको मलाइकाको भनाइ छ । सम्बन्ध छुटेपछि छोराले उनलाई तपाइँ निकै खुसी देखिनुभएको छ भन्ने प्रतिक्रिया दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ