arrow

इवाँ खोला जलविद्युत आयोजनाबाट दश मेगावट थपिदै

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७६ साउन २५ शनिबार
ghalemdi-hydropower.jpeg

पाँचथर। ९ दशमल ९ मेगावट क्षमता भएको इँवा खोला जलविद्युत आयोजनाको काम पुरा भएको छ। जिल्लाको याङवरक गाँउपालिकामा निर्माणाधिन आयोजना विद्युत उत्पादनलागि तयार भएको प्रवद्र्धक रैराङ हाईड्रो पावर कम्पनीले जानकारी दिएको छ । अबको केहि दिनमै परिक्षण गर्ने तयारी भईरहेको छ ।

विद्युत प्राधिकरणले अनुमती दिएपछि परिक्षण उत्पादन सुरु हुने आयोजना प्रमुख कुवेरमणि नेपालले बताए। यहि हप्ताबाट परिक्षण सुरु हुने छ।

यहाँ उत्पादन भएको विद्युत ३३ केवीए प्रसारण लाईनबाट कावेली वि–१ आयोजना नजिकै बनाईएको ‘पुलिङ हाउस’ भएको ठाँउबाट १ सय ३२ केविएमा रुपान्तरण गरिने छ। दुई जलविद्युत आयोजनाको विद्युत एकैठाँउ बनाएर केन्द्रीय प्रसारणमा पठाउने नयाँ अभ्यास गर्न लागिएको नेपालले जानकारी दिए।

पुलिङहाउस भएको ठाँउबाट विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्मको प्रसारणलाईनबाट केन्द्रीय प्रसारणमा जडान हुने छ। आयोजनाको इँवा–कावेली दोभानबाट साढे नौ किलोमिटर प्रसारण लाईनका माध्यमबाट विद्युत प्राधिकरणको सवस्टेशनमा विद्युत जडान हुने छ। पुलिङ हाउसमा कावेली वि–१को विद्युत पनि जोडेर केन्द्रीय प्रसारणमा लगिने छ । कावेली वि–१ पनि अन्तिम चरण पुगेको बताइएको छ ।

यो आयोजना १ अर्ब ८५ करोडमा सम्पन्न भएको नेपालले बताए। कावेली प्रसारण लाईनको ढिलाईले गर्दा निर्माण अवधि लम्बिदा लागतमा बढोत्तरी भएको उनको भनाई छ । यो आयोजना २०७३ मंसिरबाट सुरु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ