arrow

काठमाडौं सवारी दुर्घटनामा एकको मृत्यु

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
motorcycle-accident.jpg

काठमाडौं। काठमाडौँ महानगरपालिका१५ ठूलोभर्‍याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठूलोभर्‍याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए  । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ