arrow

बिरामी छोडेर हिँडेपछि प्रभु हेलिकप्टर विरुद्ध छानविन

logo
प्रकाशित २०७६ साउन २६ आइतबार
prabhu-helicoptor1.jpg

काठमाडौं । विरामी छोडेर हिँडेपछि प्रभु हेलिकप्टर विरुद्ध छानविन गर्न निर्देशन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्र लेख्दै पीडितको उजुरीको आधारमा छानविन गर्न निर्देशन दिईएको हो । 

सो हेलिकप्टरले गत साउन १८ गते खोटाङको थामखर्क नजिकको रसवाकटहरेमा सिकिस्त परेको विरामी उद्दारको लागि काठमाडौं ल्याउन प्रभु हेलिकप्टर प्रालि ले चार्टर उडानका लागि ३ लाख १५ हजारबाट बार्गेनिङ गरी २ लाख ८५ हजार रुपैयाँसम्म उडान गर्ने भनेकोमा सो पैसा तिर्न नसकेपछि विरामी त्यसै छाडेर हिँडेको आरोप पीडित वाजिन्द्र विष्टले लगाएका थिए । 

विष्टको पत्र अनुसारको आरोप सहि भएमा त्यो २०७२ सालको मन्त्रीस्तरीय निर्णयानुसार दुर्गम क्षेत्रमा रहेका नेपाली नागरिकहरुको लागि निर्धारण भएको हेलिकप्टर चार्टर दर भन्दा धेरै हो । उक्त समूहको हेलिकप्टरको चार्टर दर प्रतिघण्टा एक हजार डलर रुपैयाँसम्ममात्रै लिन पाउने व्यवस्था रहेको छ । सो व्यवस्था विपरित प्रभु हेलिकप्टरले विरामी छोडेर हिँडेको भए उसलाई कस्तो कारबाही गर्ने हो ? उडान रोक्नसम्म पर्ने हो या होईन ? अनुसन्धान गरी लेखी पठाउनको लागि मन्त्रालयले निर्देशन दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ