arrow

बञ्चरो प्रयोग गरि वृद्ध दम्पतीको हत्या

logo
प्रकाशित २०७६ साउन २६ आइतबार
dead-body-parashi.jpg

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार राति अपरिचित व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई आइतबार बिहान मृत भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । भानबहादुरको शव घर नजीकै मकैबारीमा र बीमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले घटनाको जानकारी पाएलगत्तै बुर्तिबाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको शरीरका विभिन्न भागमा रहेका चोट हेर्दा स्थानीय हतियार बञ्चरो प्रयोग भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताए । ढोरपाटन नगरपालिकाकै–९ नवीगाउँ र बोबाङमा उनीहरु घुम्ती बसाइ गर्दै आएका थिए । मृतक विकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका बताइएको छ ।

घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली खटाएको छ । अनुसन्धानका लागि पठाइएको टोली बाटोमै रहेकाले घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ