arrow

के लिएर फर्किदैछन् प्रधानमन्त्री ओली सिंगापुरबाट ? 

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गराई सिंगापुरबाट सोमबार दिउँसो नेपाल फर्किदैछन् । 

ओलीसहितको टोली दिउँसो थाई एयरवेजको विमानबाट काठमाडौँ आउन लागेको हो । गत साउन १८ गते उपचारका लागि गएका ओलीको स्वास्थ्य परीक्षण लम्बिएका कारण फर्किने कार्यक्रम तीन दिन ढिला भएको हो । 

पूर्व निर्धारित कार्यक्रम अनुसार उनी गत शुक्रबार (साउन २४ गते) नै फर्कने थिए । तर उपचारका क्रममा समय लम्बिएको प्रधानमन्त्री प्रेस सल्लाहकार कुन्दन अर्यालले बताउँदै आएका छन् । 

उनको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको हो । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाए पनि यदि सामान्य भएको भए किन समय लम्बियो त भन्ने प्रश्न पनि रहेको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गएका प्रधानमन्त्री ओलीसंग उनकी पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिव्यासिंहसहित नौ जना रहेका छन् । 

केही दिनको अन्तर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युएई जानु, प्रधानमन्त्री ओली सिंगापुर जानु र पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जानुका पछाडि के रहस्य छ भन्ने जनमानसमा परिरहेको छ । 

बाहिर भन्ने बेलामा प्रचण्ड श्रीमती सीताको रहर पूरा गर्न युएई गएको बताइरहेका छन् । बिरामी सीतालाई युएई जानुपर्ने के रहर परेछ भनी सामाजिक संजालमा प्रश्नहरु तेर्सिए । पूर्वराजा शाह नातिनीको स्नातक तहको भर्ना गर्नका लागि गएको भनियो । अनि ओलीको स्वास्थ्योपचार । 

स्वास्थ्योपचारमा जाँदा कुनै चाहिँ बिरामीले राजनीतिक सल्लाहकारलाई लगेर जान्छ ? भन्ने प्रश्न व्यापक उठेको छ । 

विभिन्न स्रोतहरुका अनुसार तीन वटै शीर्ष व्यक्तित्वका उस्तै समयमा भएका वैदेशिक भ्रमणलाई धेरै अर्थमा लगाउन थालिएको छ । यसलाई राजनीतिक परिवर्तनको खेल हुन सक्ने बारेमा पनि अड्कल काट्न थालिएको छ । 

नेपालमै स्वास्थ्य सेवा सम्भव छ भनेर भट्टाएर नथाक्ने ओलीले अनावश्यक व्यक्तिहरुलाई घुमाउन लगेर गरीव जनताले समेत तिरेको करबाट जीवनभरण गरेको यथार्थ सबैसामु छर्लंग छ । 

आश्वासन बाँड्न खप्पिस ओलीले आफ्नो उपचार निकै महंगोमा गरेर फर्के पनि फेरि नेपालीहरुलाई कुनै मनको लड्डुमा रमाउने बानीको विकास गर्न के भन्ने हुन् चासो उत्तिकै छ । 

उनको सिंगापुर भ्रमण नितान्त स्वास्थ्यको लागि भएको भनिए पनि राजनीतिक भेटघाट जोडिएको हुन सक्छ । भएको फेहरिस्त सोमबार ओलीले खोल्लान् त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ