arrow

विश्वकै धनी परिवारको शीर्ष ३ मा अमेरिकी, वाल्टन सबैभन्दा धनी

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
walton_family_extreme_wealth.jpg

काठमाडौं । विश्वभर आर्थिक असमानता निकै तीव्र गतिमा बढिरहेको एक प्रतिवेदनले देखाएको छ । ब्लूमवर्गले सार्वजनिक गरेको सबैभन्दा धनी परिवारको सूचीले यसको पुष्टि गरेको हो । सूची अनुसार अहिले विश्वका सबैभन्दा धनी २५ परिवारसँग १४ खर्ब डलरको सम्पत्ति छ । सबैभन्दा धेरै सम्पत्ति भएको परिवारमा अमेरिकाको रिटेल चेन वालमार्ट सञ्चालन गर्ने वाल्टन परिवार पहिलो स्थानमा छ ।  

प्रतिवेदनअनुसार वाल्टन परिवारले गत वर्ष ३९ अर्ब डलर सम्पत्ति कमाएको थियो । यससँगै यो परिवारको कुल सम्पत्ति १ खर्ब ९१ अर्ब डलर पुगेको छ । त्यस्तै अर्को मार्स परिवार यो सूचीको दोस्रो स्थानमा छ । यो परिवारको कुल सम्पत्ति गत वर्ष १ खर्ब २७ अर्ब डलर थियो । गत वर्ष यो परिवारले ३७ अर्ब डलरको सम्पत्ति जोडेको थियो ।
 
त्यस्तै तेस्रो स्थानमा अमेरिकाको कोश परिवार रहेको छ । यो परिवारसँग १ खर्ब २५ अर्ब सम्पत्ति छ । यो परिवारले गत वर्ष २६ अर्ब डलरको सम्पत्ति कमाएको थियो ।  
भारतीय अर्बपति मुकेश अम्बानीको परिवार यो सूचीको नवौं स्थानमा छ । यो परिवारले गत वर्ष ७ अर्ब डलरको सम्पत्ति जोडेको थियो ।

 प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यस वर्ष प्रमुख २५ धनी परिवारको सम्पत्ति २४ प्रतिशतले बढेको छ । धनी र गरिबको बीचमा बढ्दो अन्तरको कारण आलोचकहरुले पुँजीवादी व्यवस्थामा सुधारको आवाज उठाउँदै आएका छन् ।

विश्वका टप १० धनी परिवार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ