arrow

सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि

logo
सिन्ह्वा,
प्रकाशित २०७६ साउन २७ सोमबार
pentagon-US-defense.jpg

वासिङटन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ। इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा जनाइएको छ।

शनिबार कारबाहीका क्रममा ती सैनिकको मृत्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ। उनलाई विद्रोहीले हत्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा उक्त प्रान्तको कुन स्थानमा ती सैनिक मारिएका हुन् भन्ने बारेमा केही बताइएको छैन। त्यस दिन इराकी सुरक्षा फौजले सो स्थानमा विद्रोहीका विरुद्ध सुरक्षा कारबाही गरेको बताइएको थियो। 

त्यस क्रममा शत्रु पक्षबाट भएको आक्रमणमा आफ्ना नौसेनाको ज्यान गएको अमेरिकाले जनाएको छ। यस विषयमा त्यस विद्रोही समूहका तर्फबाट भने कुनै भनाई आएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ