arrow

बर्दियाको ईद्गाहमा पनि बकर ईदको रौनक

logo
मुरली गोडिया,
प्रकाशित २०७६ साउन २७ सोमबार
gulariya.jpg

गुलरिया,बर्दिया । वलिदानको पर्वको रुपमा मनाईने बकर इद पर्वका अवसरमा गुलरिया बजारमा चौक तथा गल्लीहरुमा मा मुस्लीम धर्मवालम्बीहरुको विशेष चहलपहल बढेको छ । इस्लाम धर्मावलम्बीको दोस्रो पर्व इदउल अजहा (वकराइद) मनाउने क्रममा उक्त रौनक बर्दियाका विभिन्न स्थानमा देखिएको हो ।

सदरमुकाम गुलरियाको इदगाहमा पनि बरराइदको रौनक देखिएको छ ।  इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । गुलरीया स्थित बालमन्दिर नजिकैको इदगाहमा सामुहिक नमाज पढेर शुभकामना साटासाट गर्दै मनाएका हुन । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गरेको गुलरिया ६ का हस्मत अलीले बताए ।

मुस्लिम समुदायका व्यक्तिहरु विहानै देखी नया नया लुगा लगाई आफन्त जनलाई भेट गर्दै अंगालो मार्दै गरेको र बकराइदको शुभकामना साटासाट गरिरहेका देखिन्छन । आजको दिन विशेष गरि मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नमाज पाठ सहितको ध्यान सकेपछि साथी भाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वानी दिने विधान रहेको मेराज सल्मानीले बताए । “बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ”, सल्मानीले भने ।

गुलरिया नगरपालिको वार्ड नम्वर ५ मा रहेको इदगाहमा इस्लाम धर्मावलम्बीहरुले विहानै सामूहिक रुपमा नमाज पढेर एक अर्कासँग अंगालो मार्दै पर्व मनाउन इद्गाहमा पुगेको छन । सोमवार देखी बुधवार तिन दिन सम्म मनाईने यो पर्वमा समय र स्थान अनुसार हज र कुर्वानी (बली) गर्नुपर्ने प्रमुख विषेशता रहेको पाइन्छ ।

बकरइदमा इस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिवार्य भएकोले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि क्षमता अनुसारको पशुबली (कुर्वानी) दिने प्रचलन रहेको मुस्लीम सुन्नी दावते इस्लामी नवजवान कमिटी गुलरियाका अध्यक्ष एम एम रजाले बताए । कुर्वनाीको विशेषता बोकेको यो पर्व कुर्वानी दिएको जनावरको मासु तीन भाग लगाएर एक भाग परिवारमा, एकभाग आफन्त छर छिमेकमा र एकभाग विपन्न तथा गरिवलाई बाँड्नुपर्ने प्रचलन रहेको मुस्लिम अगुवाहरुको भनाई रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ