arrow

भारत र चीनका विदेशमन्त्रीबीच भेट, सुल्झियो त विवाद ?

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
india-china-jayashankar-wang.jpeg

काठमाडौं । भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटघाट भएको छ । एस जयशंकरको चीन भ्रमणका क्रममा बेइजिङमा दुईबीच छलफल भएको हो । 

उक्त छलफलमा जयशंकरले दुई देशबीच कुनै आपसी मतभेद भए त्यो विवादको कारण बन्न नहुनेमा जोड दिएका छन् । 

उनले भारत चीनसंग कारोबार मजबुद बनाउने तथा सांस्कृतिक आदानप्रदान गर्ने विषयमा जोड दिने बताएका छन् । 

चीनको तीन दिने भ्रमणमा रहेका जयशंकरले संयुक्त पत्रकार सम्मेलनमा भने, ‘गत वर्ष भएको बैठकमा आफूहरुले सांस्कृतिक आदानप्रदानका लागि १० बुँदामा चर्चा गरेका थियौं । यसपटक पनि तिनै बुँदामा चर्चा गर्यौं । हामीले एक सय अलग अलग गतिविधिमार्फत यसलाई बढावा दिनेछौं ।’

भारत र चीनबीच पारम्परिक चिकित्साको प्रचार तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि खेलाडी आदानप्रदान कार्यक्रमसमेत गरी चार विषयमा सम्झौता भएको छ । 

उक्त पत्रकार सम्मेलनमा वाङले जयशंकरको प्रशंसा गर्दै लामो समयदेखि राजदूत भएर काम गरेको र दुई देशबीचको सम्बन्धका लागि काम गरेको उल्लेख गरे ।

उनले विदेशमन्त्रीका रुपमा जयशंकरलाई स्वागत गर्न पाउँदा खुशी लागेको भन्दै अब अर्थव्यवस्था र व्यापार सहयोगका लागि मिलेरै जान सजिलो हुने बताए । 

जयशंकरले दुई देशको सम्बन्ध मजबुद बनाउन एक सय गतिविधि गर्ने बताए । 
चिनियाँ राष्ट्रपति सी जिनपिङ यो वर्षको अन्त्यतिर भारतको भ्रमणमा जाने भएकाले त्यसका लागि माहोल बनाउन एस जयशंकर चीन भ्रमणमा पुगेका हुन् । 

त्यसैगरी जम्मू–कश्मीर र लद्दाख तथा अनुच्छेद ३७० हटाएको विषयमा पनि भारत र चीनबीच वार्ता हुन सक्नेछ । 

यो अनुच्छेदका विषयलाई लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारले छिमेकी राष्ट्रहरु तथा अन्तर्राष्ट्रिय समुदायबाट पक्ष खोजिरहेको छ । त्यही माहोल बनाउन विदेशमन्त्री जयशंकर चीन गएको बुझिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ