arrow

देशमा आइटीको सम्भावना धेरै छ, लगानी बढाउँ : उद्यमी ढकाल

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
hem-dhakal-entrepreneur.jpg

काठमाडौं। नेपालका युवा उद्यमी, आइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालमा आइटी (सूचना प्रविधि) का क्षेत्रमा पछिल्लो समयमा ठूलो सम्भावना देखिएको यस क्षेत्रमा युवाहरुको आकर्षण बढाउने नीति निर्माणका लागि सरकारसँग आग्रह गरेका छन्।

राजधानीमा सोमबारदेखि शुरु भएको नेपाल युवा उद्यमशिलता सम्मेलन, २०१९ लाई सम्बोधन गर्दै उद्यमी ढकालले भने–नेपालका युवा अहिले आइटीटमा धेरै आकर्षित भएको देखिएको छ, यसमा पछिल्लो समय सम्भावनाहरु पनि बढेर गएको छ, त्यसैले युवालाई आइटी उद्योगमा आकर्षित गर्न सकिए राम्रो हुनेछ।

आइटीको क्षेत्रमा स्वदेश र विदेशमा भएको विकासका कारण नेपाली युवाहरु पनि आकर्षित हुनु र विदेशमा देखेको, सिकेको सीप उनीहरुले यहाँ लागू गर्न उत्सुक हुनुलाई सकारात्मक लिएर राज्यलृ यसलाई अवसरको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

पछिल्लो समय ‘स्टार्टअफ’ आदिमा युवाको चासो बढ्दै गएको र पछिल्ला केही समयमा देखिएको आइटीको प्रयोगले नागरिकको जीवन शैलीमा केही मात्रामा परिवर्तन पनि ल्याइदिएकोले यसतर्फ नेपालको युवाबर्ग आकर्षित हुन पुगेको उनले बताए।

इजरायलको उदाहरण दिँदै उद्यमी ढकालले भने–हाल इजरायलले कृषि तथा उद्योग क्षेत्रलाई पनि आइटी माध्यमबाट विकास गरेको छ र यसका कारण विश्वले नै इजरायलको कृषि क्रान्तिको अनुशरण गरिरहेको छ, हाम्रो देशमा पनि कृषि र पर्यटनका अधिक सम्भावनाहरुलाई अब आइटीसँगै जोडेर लैजानुपर्दछ।

उनले जोखिमबाट बाहिर निस्किएर उद्यमशिलताको विकासमा लाग्न नेपालका युवाहरुलाई आग्रह पनि गरे। नेपाली युवाहरुलाई असफल भइन्छ कि भन्ने त्रासबाट मुक्त भई स्वदेशमै केही केही उद्यमका लागि लाग्न उनले युवाहरुलाई आग्रह गरे। 

आफूहरु पनि अहिलेको अवस्थामा आइपुग्न भोग्नुपरेका असफलताहरुको उदाहरण दिँदै उनले भने– ‘फेयर अफ फेलियर’ बाट बाहिर निस्किएर लगानी गर्नुहोस् केही नगरी असफल भइँदैन, अनि असफल नभई सफल भइँदैन– उनले युवाहरुलाई आह्वान गरे। 

सीप र प्रविधिको अभावमा खाडी मुलुकहरुमा कामगर्न जाने युवाहरु अधिकांश अदक्ष रहेकोले जोखिमपूर्ण काम गर्न बाध्य भएको भन्दै हाम्रा उत्तर र दक्षिणी विशाल छिमेकीका कारण पनि हामी ठूलो अवसरका भूमीमा छौँ, यही सोचेर लगानी गर्न सक्यौँ भने युवा विदेशिन बाध्य पनि हुदैनन् र हाम्रो समृद्धिको सपना पनि पूरा हुनेछ– उनको भनाई छ। 

देशमा उत्पादन बढाउन कम्तीमा ६० प्रतिशतको युवा शक्तिलाई बजारमुखी शिक्षा र सामयिक बजारको सिद्धान्तबाट प्रेरित गर्नुपर्ने भन्दै नेपालका सफल उद्यमी ढकालले कुनै पनि देशको समृद्धिको निम्ति युवामा लगानी गर्नु जरुरी रहेको बताए। युवाशक्तिको हातमा देश विकासको साँचो हुने भएकोले जुन देशले युवामा लगानी गरेको छ त्यस देशको भविश्य उज्जवल रहने धारणा राखे। 

अहिले तीस लाखको संख्यामा विदेशिएका युवाको ज्ञान, श्रम र सीप आफ्नै माटोमा रोप्न सक्यौँ भने त्यसले लाग्ने फसलले आफू र आफ्नो परिवारमात्र होइन समाजलाई नै लाभ पुग्ने छ र यसले समृद्ध राष्ट्र बन्न सघाउने छ– उनले भने। 

नेपाल कृषि प्रधान देश हो र यहाँ कृषिसहित पर्यटनको पनि उत्तिकै सम्भावना छ भन्दै उद्यमी ढकालले पनि अव परम्परागत होइन कि इजरायलले जस्तो सूचना प्रविधिमा आधारित खेती प्रणाली अपनाउनुपर्ने सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ