arrow

के भारतीय टोलीको प्रशिक्षक कोहलीले नै छान्छन् ?

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
virat-kolhi.jpeg

काठमाडौं । भारतीय क्रिकेट टोलीमा १५ अगष्टबाट नयाँ प्रशिक्षक नियुक्त हुनेछन् । क्रिकेट सल्लाहकार समितिले प्रशिक्षकको लागि अन्तर्वार्ता सुरु गरेको छ । यसअघि १३ वा १४ अगष्टमा प्रशिक्षकको लागि अन्तर्वार्ता हुनसक्ने बताइएको थियो ।

यस विषयमा जानकार एक व्यक्तिका अनुसार २ हजार उम्मेदवारबाट ६ जनालाई छनोट गरिएको छ । स्रोतका अनुसार अन्तर्वार्ताको लागि केवल १ दिन पर्याप्त हुने बताइएको छ ।

 प्रशिक्षकको लागि भारतीय टिमका प्रशिक्षक रहेका रवि शास्त्री,न्युजिल्याण्डका पूर्वप्रशिक्षक माइक हेसन, अस्ट्रेलियाका पूर्व अलराउण्डर तथा श्रीलंकन टिमका प्रशिक्षक रहिसकेका टम मुडी, वेस्ट इन्डिजका पूर्व अलराउण्डर तथा अफगानिस्तानका प्रशिक्षक रहिसकेका फिल सिमोन्स, भारतीय टिमका पूर्व म्यानेजर लालचन्द राजपुत र भारतीय टिमका पूर्व फिल्डिङ प्रशिक्षक रोबिन सिंह अन्तर्वार्ताका लागि छानिएका हुन्।

स्रोतका अनुसार प्रशिक्षकको छनोटको कप्तानको कुनै भूमिका हुँदैन । यसअघि महिला क्रिकेट टोलीको प्रशिक्षक छनोटमा पनि प्रशिक्षक समावेश थिएनन् ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले रवि शास्त्रीलाई नै टोलीको प्रशिक्षक बनाउनुपर्ने बताइसकेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ