arrow

मन्त्रीलाई प्रश्न सोध्न नाम टिपाएका सांसद नै गायब, संसद भवन खाली

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
khali-samsad.jpg

काठमाडौं । जनताका एजेण्डाहरु सरकारलाई सुनाउन संसदमा गएका सांसदहरुले संसदलाई यतिधेरै बेवास्ता गर्न थालेका छन् कि त्यो फुर्सदको समयमा समय विताउने जाने स्थल जस्तो भएको छ । मंगलबार सांसदहरुले विषयगत मन्त्रालयका मन्त्रीहरुसँग प्रश्न सोध्ने र जनताका जिज्ञासाहरु बारे सुनाउने कार्यक्रम थियो । 

संसदको रोष्ट्रममा सभामुखले मन्त्रीलाई बोलाएपछि प्रश्न सोध्नको लागि सांसदहरुलाई आग्रह गरियो । जस अनुसार पहिलो चौथो नम्बरको प्रश्न सोध्ने महेन्द्र राय यादवलाई प्रश्नको लागि समय दिईएको थियो । यादव सो समय संसदमा थिएनन् । 

पटक पटक सभामुखले उनको नाम उच्चाहरण गरेपछि अर्का प्रश्नकर्तालाई समय दिन खोज्दा कुनैपनि प्रश्नकर्ताहरु उपस्थित थिएनन् । त्यसपछि रोष्ट्रममा बोलाईएका मन्त्री लालबाबु पण्डित जवाफ नै नदिई रोष्ट्रमबाट विदा भए । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा वरिष्ठ नेताहरु बस्ने अगाडिको कुर्सीहरु सबै खाली थिए भने पछिको पनि अधिकांश सिटहरु खाली नै थिए । संसद बैठकमा अनुपस्थित भएपनि कुनै कारबाही नहुने भएपछि सांसदहरु आजभोलि संसद जानै छाडेका थिए । 

गत साउन २१ गते पनि सेफगार्ड तथा एण्टिडम्पिङ सम्बन्धी विधेयकमाथि छलफल गर्ने दिन पनि संसद पुरै खाली थियो । त्यो दिन त झनै गणपुरक संख्या नै नपुगेर संसद नै बस्न सकेको थिएन । सो दिन संसदमा जम्मा ४१ जना सांसदहरु मात्रै थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ