arrow

आफैले फालेको जालमा विरबहादुर अड्किएर खोलामा डुबेपछि बचाउन गएका नीरबहादुरको पनि गयो ज्यान

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
Death_jyagdi_pic_1.jpg

श्रीकृष्ण सिग्देल, स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको ज्यान गएको छ । चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो ।

बिरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालमा बेरिन पुगेको प्रहरीले जनाएको छ । दुबै जना जालमा बेरिएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ ल्याईएको प्रहरीले जनाएको छ  ।
 
स्थानीय राममन्दिर माविमा कार्यरत निरबहादुर राना शिक्षक समेत हुन् । विद्यालयमा पढाएर साथीहरु सगै माछा मार्न गएका थिए । रातको समय भएका कारण पनि दुवै जनाको ज्यान बचाउन नसकिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिए ।

उनीहरुको शरिरबाट जाल हटाएर बाहिर निकाल्दा नै दुवै जनाकोे ज्यान गुमाईसकेको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ