arrow

अब सेल्फी भिडियोबाट थाहा हुन्छ रक्तचाप, ९६ प्रतिशत सही जानकारी दिने दाबी

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
blood-pressure-smartphone-2.png

काठमाडौं । पछिल्लो समय मानिसको जीवनशैलीको कारण रक्तचापको समस्या धेरै मानिसमा बढ्दो क्रममा छ । यसका लागि मानिसहरु समयसमयमा डक्टरकोमा धाउने गरेका छन् । यस्तोमा टोरन्टो युनिभर्सिटीका शोधकर्ताले मोबाइल फोनको क्यामेराको सहयोगमा रक्तचाप मापन गर्न सकिन्छ ।

शोधकर्ताका अनुसार चीन र क्यानडाका १ हजार ३ सय २८ मानिसमा गरिएको परीक्षणमा ९५ देखि ९६ प्रतिशतसम्म सहि जानकारी पाइएको थियो । उक्त परीक्षणमा तीन किसिमको रक्तचाप मापन गरिएको थियो ।

टोरन्टो युनिभर्सिटीका शोधकर्ता पोल झेंगले ट्रान्सडर्मल अप्टिकल इमेजिङ प्रविधिको विकास गरेका छन् । यसको प्रयोग गरेर अनुहारको छालाको आधारमा रक्तचाप पत्ता लगाउन सकिन्छ । शोधकर्ताले यसलाई प्रयोग गर्न दुई मिनेटको सेल्फी भिडियोको प्रयोग गरेका थिए ।

भिडियो बनाउँदा मोबाइल क्यामेरामा प्रयोग गरिएको अप्टिकल सेन्सरले अनुमारमा परेको रातो किरणलाई क्याप्चर गर्छ, जुन स्क्रिनभन्दा मुनि हेमोग्लोबिनको कारण रिफ्लेक्ट हुन्छ । ट्रान्सडर्मल अप्टिकल इमेजिङ प्रविधिले परावर्तित किरणको सहयोगमा शरीरमा रक्तचापको जानकारी दिन्छ ।

प्रविधि कम्पनी न्यूरोलोजिक्सले एनुरा नामको एप सार्वजनिक गरेको छ । जसले ३० मिनेटको सेल्फी भिडियोको आधारमा धड्कन र तनावको स्तरको पनि जानकारी दिनेछ । कम्पनीले छिटै नै यसमा रक्तचाप पत्ता लगाउने फिचर सामेल गर्ने तयारी गरेको छ । यो सबैभन्दा पहिला चीनको लागि सार्वजनिक गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ