arrow

टीभी होस्टले मलाइकालाई आँखा लगाएपछि रिसाए अर्जुन

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
malaika-arjun1.jpg

काठमाडौं । पछिल्लो समय भारतीय अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको प्रेम सम्बन्धको चर्चा चुलिएको छ । दुवैजना एकसाथ घुम्ने र पार्टी गर्ने गरिरहेका छन् ।

मलाइका र अर्जुनको सम्बन्धको विषयमा कुरा गर्न धेरैले प्रयास गर्दा पनि गर्न सकिरहेका थिएनन्। तर, लामो समयपछि मलाइकाले अर्जुनको जन्मदिनमा आफ्नो मनको कुरा खोलेकी थिइन् ।

यससँगै उनीहरुको सम्बन्ध निकै गहिरो बन्दै गएको छ । यसको प्रमाणको रुपमा उनीहरुले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोलाई लिन सकिन्छ । यस्तै भिडियोमा एक टीभी होस्टले मलाइकासँग गरेको फ्लर्टलाई अर्जुनले सहन सकेनन् । उनले तत्कालै प्रतिक्रिया दिँदै मलाइकाबाट टाढै बस्न चेतावनी दिए ।

अष्ट्रेलियाको मेलबर्नमा आयोजित एक फिल्म फेस्टिबलको कार्यक्रममा मलाइका र अर्जुन एकसाथ उपस्थित भएका थिए । शो होस्ट गरेका करन टैकरले मलाइकासँग पुगेर २० घण्टाको यात्रापछि पनि राम्री देखिनुको कारण सोधेका थिए । यस्तैमा अर्जुनले पछाडि बस्ने केटीसँग फ्लर्ट गर्न सुझाएका थिए ।
 
विश्वभरका मानिसले अर्जुन आफ्नो प्रेमको विषयमा कति गम्भीर छन् भन्ने कुरा पुष्टि भएको बताएका छन् । अर्जुनले मलाइकाको लागि सलमान खानसँग पनि झगडा गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ