arrow

कांग्रेस कर्मकाण्ड : निर्वाचनअघि विधान संशोधन, २२ गते संसदीय दलको बैठक

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
nepali-congress-party-sanepa.jpg.jpeg
काठमाडौं । काँग्रेस शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अघि बढ्ने निर्णय गरेकोे छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा नेताहरुले छलफल गर्दै संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अघि बढ्नेबारे छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले बताए ।  
 
बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का सहभागि थिए । यसअघि निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ