arrow

वर्षात् सुरु हुनु अगावै पुनःनिर्माण: गच्छदार

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
Bijaya_Gachhadar.jpg.jpeg
चितवन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वर्षात् सुरु हुनु अगाडि नै पुनःनिर्माणको काम सम्पन्न हुने बताएका छन् ।
 
भरतपुरमा पत्रकारसँग गच्छदारले कार्ययोजना तयार गर्न ढिलाइ भएकाले पुनःनिर्माणका कार्य ढिला भएको स्पष्ट पारे । उपप्रधानमन्त्री गच्छदारले वर्षात् सुरु हुनुअघि नै भूकम्प प्रभावित जनतालाई आवास निर्माणको काम सक्ने गरी सरकारले काम गरिरहेको ठाेकुवा गरे । सरकारको मुख्य प्राथमिकता विकास निर्माण रहेको भन्दै गच्छदारले विकास निर्माण र पुनःनिर्माणको कामलाई सँगसँगै अगाडि बढाउने बताए । 
 
भारतसँगको चिसिएको सम्बन्ध सुधारका लागि भारत भ्रमण र ऊर्जा सङ्कटबाट मुलुकलाई माथि उठाउन चीन भ्रमण फलदायी रहेको गच्छदारको भनाइ छ ।  वार्ताकै माध्यमबाट मधेसका मुद्दा र राजनीतिक मुद्दा समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री गच्छदारले संविधान संशोधन गरेर सबै समस्याको समाधान खोज्नुपर्ने बताए । 
 
गच्छदार नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँं साधारणसभा एवम् रजतजयन्ती शुभारम्भमा सहभागी हुन चितवन पुगेका हुन् । गच्छदार दुई दिनसम्म चितवनमा रहने कार्यक्रम छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ