arrow

विश्वकै ठूलो भ्यागुता जसले आफै बनाउँछ वासस्थान

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
frog-big.jpeg

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो भ्यागुताका बारेमा नयाँ रिसर्च बाहिर आएको छ । रिसर्चका अनुसार यसले आफ्नो वासस्थान आफै बनाउँछ । 

जर्नल अफ नेचुरल हिस्ट्रीका अनुसार गोलियथ नामक अफ्रिकन प्रजातिको भ्यागुताले बस्ने आफ्नो कुवा आफै बनाउने गर्छ । 

बर्लिनका शोधकर्ता मार्विन शेफरले जंगलमा टाइमप्लेस क्यामराको मद्धतबाट उक्त जानकारी लिएका हुन् । 

३.३ किलोग्रामको यस भ्यागुताले दुई किलो गह्रौं ढुङ्गालाई पनि तलाउबाट हटाएको देखिएको छ । 

श्श्

यसको लम्बाई ३४ सेन्टिमिटर रहेको छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको आफ्ना बच्चाको राम्रो हेरचाह गर्नु हो । 

यसले चट्टानको बीचमा खाल्डो बनाएर आफ्नो वासस्थान बनाउने गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ