arrow

कलियुगको बारेमा के भविष्यवाणी गरिएको छ भागवत पुराणमा

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
kaliyug.jpg.jpeg
एजेन्सी । श्रीमद्भागवत पुराण हिन्दू समाजको सर्वाधिक आदरणीय पुराण हो। यो वैष्णव सम्प्रदायको प्रमुख ग्रन्थ हो। यस ग्रन्थले वेद, उपनिषद तथा दर्शन शास्त्रको गौण एवंम रहस्यमय विषयहरुलाई अत्यन्त सरलताको साथ दर्शाउदछ। यसलाई हिन्दु धर्म र संस्कृतिको विश्वकोष भनिन्छ। करोडौ  वर्ष देखि यो पुराणले  हिन्दू समाजको धार्मिक, सामाजिक र लौकिक मर्यादा स्थापनामा महत्वपूर्ण भूमिका रहेको छ ।
 
तपाईलाई यो जानेर आश्चर्य हुनसक्छ कि कलियुगमा के-के घटना हुनेछ भनेर यसको भविष्यवाणी भागवत पुराणमा धेरै बर्ष पहिलानै लेखिएको छ । हेरौ भागवत पुराणमा भविष्यवाणी गरिएका केहि तथ्यहरु।
 
  • धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन  अवधि, शारीरिक शक्ति र स्मृति प्रत्येक मानिसमा दिन-दिनै घटदै जानेछ।
  • कलियुगमा धन सम्पति हुने मानिसलाई  गुणी मानिनेछ र कानून, न्याय केवल एक शक्तिको आधारमा लागु हुनेछ।
  • यस युगमा पुरूष र स्त्री साथ-साथै बस्नेछन् र व्यापारमा सफलता छलमा निर्भर हुनेछ।
  • पहिलाको समयमा जो ब्राह्मण थिए उनिहरुले आफ्नो शरीरमा धेरै कुराहरु धारण गर्दथे भने कलियुगमा ति मानिसहरु एक धागा जनाई मात्र लगाएर आफुलाई ब्राह्मण हु भनेर दावि गर्नेछन्।
  • जो व्यक्ति धेरै चलाख र स्वार्थी हुन्छन् उनिहरु यस युगमा धेरै विद्वान मानिनेछन्।
  • यस युगमा जो व्यक्तिसँग धन हुदैन उ अधर्मी, अपवित्र र बेकारको मानिनेछ।
  • विवाह एक सम्झौता मात्र हुनेछ पुरूष र स्त्री बीच।
  • मानिसहरु नुहाएरनै अन्तरआत्मावाटनै सफा सुघर रहेको सम्झने छन्।
  • पेट भर्नुनै मानिसहरुको लक्ष्य हुनेछ । मनुष्यको  सुन्दरता उसको कपालमा हुने मानिनेछ।
  • पृथ्वी भ्रष्ट मानिसहरुले भरिनेछ र मानिसहरु सत्ता हासिल गर्नको लागि एक अर्काको ज्यान लिनेछन्।
  • अकाल र अत्याधिककरण द्वारा परेशान, मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्।
  • पृथ्वी सुख्खा हुनेछ।
  • मौसम परिवर्तन भएर  चिसो, हावा, गर्मी, पानि र हिउँले  मानिसलाई  चिन्तित बनाउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ