arrow

सुदूरपश्चिम प्रदेशले दियो जनैपूर्णिमामा सार्वजनिक बिदा  

logo
प्रकाशित २०७६ साउन २९ बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार प्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ ।

यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार, भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते (माघे सङ्क्रान्ति) मा सार्वजनिक बिदा दिइएको छ ।     
     
सुदूरपश्चिममा सदियौैैँदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक गौरा पर्वको बिदाका विषयमा भने प्रदेश सरकारले कुनै निर्णय नगरेकोप्रति स्थानीयको गुनासो बढेको छ । 

गौरा पर्वमा यसअघि विगतका वर्षमा सङ्घीय सरकारले गौरापर्व मनाइने क्षेत्रमा एक दिन सार्वजनिक बिदा दिने गरेको थियो । सांस्कृतिक पर्व गौरा र ‘ओल्के पर्व’मा बिदा दिने वा नदिने विषयमा सरकार अनिर्णित हुँदा मौलिक संस्कृतिको संरक्षण सम्वद्र्धनप्रति उदासिनता देखाइएको प्राध्यापक लेखराज ओझाले गुनासो गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ