arrow

भारतीय क्रिकेट स्टार विराट कोहली बारे केही तथ्य

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
Virat_Kohli.jpg.jpeg
एजेन्सी। क्रिकेटमा बिराट कोहली पछिल्लो समयका सबै भन्दा ठुलो नाम बनेका छन्। उनको ब्याटिङले चमत्कार देखाउने क्रम जारी रहेको छ। टेष्ट क्रिकेट होस वा टि-२० उनी जहिल्यै राम्रो ब्याटिङ गर्ने गर्छन्। एउटा खेलाडीको जिवनमा उतार-चढाव सामान्य नै मानिन्छ जहाँ केही उतार आए पनि उनी आफुलाई फेरि सम्हालि हाल्छन्। ठुलो नाम भएको हुनाले होला उनको ब्यक्तिगत जिवन पनि मिडियाका प्रमुख समाचारहरु बन्ने गरेका छन्। 
 
-अन्तराष्ट्रिय क्रिकेटमा ३६ सतक प्रहार गरिसकेका २७ बर्षिय कोहलीले टि-२०मा ५५.४२को ब्याटिङ औषत रहेको छ। उनले टेष्टमा ११ शतक र एकदिवसियमा २५ शतक प्रहार गरेका छन्। टेष्ट क्रिकेटमा ४४ र एकदिवसिय अन्तराष्ट्रियमा ५१.५१ औषत रहेको छ। 
 
-४२ टि-२० अन्तराष्ट्रिय खेल खेलेका कोहलीले ५५.४२ औषतका साथ १५५२ रन बनाएका छन्। टि-२०मा यो औषत उच्च रहेको छ। दोस्रोमा रहका अष्ट्रेलियन एरोन फिन्चको औषत ३८.९६ रहेको छ। 
 
-टि-२० विश्वकपमा उनको औषत ७६.४४ रहेको छ। उनले १५ खेल खेलेका छन्। २१ खेल खेलेका माईक हस्सीको २१ खेलमा ५४.६२ औषत रहेको छ। 
 
-बार्षिक आम्दानी लगभग ३२ करोड रुपिया रहेका कोहलीको कुल सम्पति लगभग १९० करोड रुपियाको रहेको छ। 
 
-दक्षिण अफ्रिकी खेलाडी हर्सल गिब्सलाई आफ्नो आईडल मानेर खेल शुरु गरेका कोहली गिब्सको ब्याटिङ र फिल्डिङका प्रशंसक हुन्।
 
-कोहलीले आफ्नो पहिलो प्रथम श्रेणी खेल खेलीरहँदा उनको पिताको निधन भएको थियो। उनले उक्त खेलमा ९० रन बनाएका थिए। 
 
-सन् २००८मा भारतलाई यु-१९ विश्वकप क्रिकेट जिताउन प्रमुख भुमिका खेलेका थिए। उनी उक्ट टोलीका कप्तान थिए। 
 
-उनलाई बोलाउने नाम चिकु रहेको छ। भारतिय टोलीका खेलाडीहरुले उनलाई चिकु नामले बोलाउने गरेका छन्। 
 
-टेनिसका शौखिन कोहली क्रिकेटबाट बाँकी रहेको समय टेनिस खेल्न मन पराउँछन्। 
 
-एकदिवसिय अन्तराष्ट्रिय खेलमा छिटो १७ शतक बनाउने रेकर्ड कोहली कै नाममा रहेको छ। 
 
- एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा छिटो ६००० रन बनाउने रेकर्ड पनि उनको नाममा रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ