arrow

नेतृत्वले गरेको गलत काममा पनि 'दाइ हजुर' भनेर समर्थन गर्दा अहिलेको समस्या : खाँण

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
khad-bal.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आफू मजदुरको जायज मागकालागि पार्टी नेतृत्वको विपक्षमा उभिन पनि तयार रहेको बताएका छन् । मजदुर आन्दोलन लोकतन्त्रको जग भएको उल्लेख गर्दै हुँदै पार्टीमा मजदुरको प्रतिनिधित्व र मुद्दाहरुमा यदि पदाधिकारीहरु मान्नु हुन्न भने ट्रेड युनियन कांग्रेसले विरोध गर्न सक्नु पर्ने र त्यस अभियानमा आफ्नो साथ हुने बताए । 

बुधबार नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको "नेपाली कांग्रेस र ट्रेड युनियन काँग्रेसबिचको सम्बन्ध " विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो विचार राखेका हुन् । उनले थपे ट्रेड युनियन भनेको ट्रेड युनियन जस्तो हुनुपर्छ, चुपचाप बसेर कसैले केहि अधिकार पाउँदैन । यदि पार्टी नेतृत्वले गतल गरेका छन् भने त्यसको विरुद्ध दह्रो आवाज उठाउन सक्नुपर्छ । तपाईहरुको साथमा म उभिन तयार छु । उनले थपे 'अधिकार पनि खोज्ने, प्रतिनिधित्व पनि खोज्ने तर नेताहरु मेरो आफ्नै दाइ जस्तो देखिनुहुन्छ भनेर गलत कुराको समेत प्रतिवाद नगरी संस्थागतभन्दा बढी व्यक्तिगत सम्बन्ध राखेको देख्छु , प्रमुख समस्या नै यहि हो । " 

नेता खाँडले घुमाउरो भाषामा व्यक्तिगत चाकडी गर्न छाडी संस्थागत सम्बन्ध बलियो नबनाएकै कारण केहि समस्या आएको औल्याएका छन् । यसैगरी वर्तमान सरकार दुई तिहाईको दम्भमा विभिन्न विधेयकहरु आफू अनुकुल ल्याउन खोजे पनि संविधानको मर्म विपरीत हुने ऎनहरुलाई संसदबाट पास हुन नदिने स्पष्ट पारेका छन्। कार्यक्रममा उपस्थित ट्रेड युनियनकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकार भ्रष्टाचार र अलोकतान्त्रिक शैलीबाट अगाडि बढिरहेको अवस्थामा समेत पार्टीमा गुटबन्दी मौलाएको, मुद्दामा मतभेद हुनु पर्नेमा गुटको मतभेद हुने, पार्टी कै नेताहरु पार्टी विरुद्ध बोल्दै हिँड्ने, न्युनतम अनुशासनमा नबसि खोटाङ ओखलढुंगाबाट मात्र नभई अमेरिका बेलायतदेखि आएर पार्टी हराउन लाग्ने गरेको विषयमा चर्चा गर्दै पार्टी संचालन अव्यवस्थित ढंगले भएकै कारण समस्या आएको स्वीकारेका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन आन्दोलन लोकतन्त्रको जननी भएपनि परिवर्तनपछि दलका नेताहरुले श्रमिकलाई बेवास्ता गरेको उल्लेख गर्दै श्रमिकको हक हित र अधिकार सुनिश्चित गर्न पार्टी विरुद्ध लड्न समेत तयार हुने स्पष्ट पारेका छन् । ट्रेड युनियन कांग्रेसका संस्थापक कोषाध्यक्ष राजेन्द्र बहादुर राउतले श्रमिकको बलबाट प्राप्त लोकतन्त्रमा समेत श्रमिकहरुको समस्या जहाँको त्यही रहेको उल्लेख गर्दै औपचारिक र अनौपचारिक क्षेत्रको छुट्टै नीति बनाई समस्या समाधान गर्नुपर्ने बताए । दक्षिण एसियाली ट्रेड युनियन परिषद (सार्कटुक) का महासचिव लक्षमण बहादुर बस्नेतले संविधानमा व्यवस्था भएको श्रमिक र कृषकको प्रतिनिधित्व नभएको बताउFदै तत्काल श्रमिक र कृषक क्लष्टर अनुसार प्रतिनिधित्व गराउनु पर्ने माग गरे। 

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले कांग्रेसले आफूले गरेको राम्रो कामको समेत प्रचार गर्न नसकेको बताए। सल्लाहकार गणेश निरौलाले कांग्रेसले श्रमिक सम्बन्धि सबै ऎन कानुन ल्याएको भए पनि राम्रो कामको प्रचार नगरी गुटबन्दीको राजनीतिमा अल्झेकाले समस्या आएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ