arrow

अधिवेशनमा जुट्यो तरुण दल, सिन्धुपाल्चोक क्षेत्र नं. २ मा सर्वसम्मत

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
tarun-dal-new.jpg.jpeg
काठमाडौं । नेपाल तरुण दल अधिवेशनमा जुटेको छ । नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनहरुको महाधिवेशन तत्काल गर्न निर्देशन दिएपछि तरुण दल अधिवेशनमा जुटेको हो । तरुण दलको वुधबार देखि स्थानीय अधिवेशन सुरु भएको छ । बुधवार सिन्धुपालचोकको क्षेत्र नं.–२ को अधिवेशन सकिएको छ । राजेन्द्र लामा दोर्जेको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् । उपाध्यक्षमा शंकर तामाङ, सचिवमा रोहित श्रेष्ठ र कोषाध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्, भने महाधिवेशन प्रतिनिधिमा सञ्जय लामा चयन भएका छन् । 
 
तरुण दलका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले अधिवेशन हुन बाँकी देशभरका नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए । उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै केन्द्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले केन्द्रीय अधिवेशन पनि चाँडै हुने तिमिल्सिनाले जानकारी दिए । यस अघि करिव ३० वटा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको तरुण दलले तत्कालिन समयमा पार्टी नेतृत्वको असहयोगका कारण बाँकी जिल्लाको अधिवेशन स्थगित गरेको थियो । 
 
वर्तमान पार्टी केन्द्रीय कार्यसमितिको चैत दोस्रो साता बसेको पहिलो बैठकले ६ महिना भित्र अधिवेशन सम्पन्न गरिसक्न भातृसंस्थाहरुलाई निर्देशन दिएको थियो । करिव ८ वर्ष देखि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायत आधा दर्जन भ्रातृसंस्थाहरुको अधिवेशन हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ