arrow

'ध्रुवीकरणको कारण बलिउड असुरक्षित'

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
john.jpeg

काठमाडौं । जोन अब्राहम अहिले आफ्नो आगामी फिल्म बाटला हाउसको विषयलाई लिएर चर्चामा छन् । यो फिल्म रिलिज हुनुभन्दा पहिला नै विवादमा फसेको छ । यसैबीच जोन अब्राहमले फिल्म उद्योग शतप्रतिशत सुरक्षित नरहेको बताएका छन् । उनले ध्रुवीकरणको कारण यसो हुन नसकेको उल्लेख गरेका हुन् ।

मुम्बईमा फिल्म प्रचारको क्रममा अब्राहमले विश्व नै दुई गुटमा विभाजित हुनु समस्या बनेको बताए । उनले कुनै एक समुदायले मात्र नभई समग्र विश्वले यसको सामना गरिरहेको बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको उदाहरण दिँदै दुई गुटमा पछिल्लो समय भएको विभाजनको जानकारी दिएका हुन् ।

उनले यो विश्वमा रहेका सबैले यस किसिमको गुटको सामना गर्नुपर्ने बताए । उनले सामाजिक सञ्जालमा हुने कुनै पनि गतिविधिलाई गम्भीरतापूर्वक लिन नहुने बताए । उनले सामाजिक सञ्जालमा मानिसको वास्तविक अनुहार नहुने भएकोले पनि सामाजिक सञ्जालमा विभिन्न किसिमको ट्रोल हुने गरेको उनको भनाइ छ ।

उनले घृणा गर्ने किसिमको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिनुको अर्थ त्यहाँ कुनै किसिमको जिम्मेवारीपना देखाउनु नपर्ने कारण रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ