arrow

रवि लामिछाने र युवराज कँडेल प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७६ साउन ३० बिहिबार
lamichane.jpg

काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता रवि लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुवैलाई पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालय पुगेको थियो ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो।

पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । सो भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका थिए।भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन् ।

युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग  भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा सुनाएका छन् । ‘तर मैले न्युज ट्वेन्टी फोर छाडेपछि साथीहरुले तँलाई रवि र युवराज मिलेर फसाँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर मर्न बाध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्।

भिडियोमा मृत पुडासैनीले रुँदै भनेका छन् 'रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।'

नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्युलाई अहिले रहस्यमय रुपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ